बीएसएफ साइटमा चारजना नानीहरूको मृत्यु, पुलिसले जाँच शुरू गऱ्यो

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः उत्तर दिनाजपुर जिल्लाको एक सीमावर्ती गाउँमा भएको चारजना नानीहरूको मृत्युको मामिलामा पुलिसले जाँच शुरू गरेको छ। जिल्ला पुलिसका एकजना अधिकारीले मंगलवार घटनाको पुष्टि गर्दै बताए, गए सोमवार अपरान्ह यी नानीहरूको त्यसबेला मृत्यु भएको थियो जतिबेला यिनीहरू भारत-बङ्गलादेश सीमा नजिक एउटा नालालाई गहिरो बनाउनको लागि बीएसएफले शुरू गरेको कामलाई हेरिरहेका थिए। घटनापछि पुलिस र बीएसएफ दुवैले जाँच शुरू गरेका छन्। घटनामाथि प्रतिक्रिया व्यक्त गर्दै तृणमूल नेताहरूले बीएसएफमाथि आरोप लगाएका छन्।

सूत्रले भन्यो, पछिल्लो केही दिनदेखि बीएसएफले उत्तर दिनाजपुर जिल्लाको चोपड़ा ब्लकस्थित चेतनगच गाउँमा अन्तरराष्ट्रिय सीमा नजिक नालीलाई चौड़ादार बनाउन खनन कार्यको निम्ति विराट मसिन प्रयोग गर्दै आइरहेको छ। यसको नजिकै केही स्थानीय निवासीहरूसितै यी नानीहरूले उभिएर त्यहाँ भइरहेको कामलाई हेरिरहेका थिए।

स्थानीय अब्दुल मणिले भने, अचानक नालीको एक भाग धसिएर यी नानीहरू पनि माटोमा पुरिए। हामी यिनीहरूलाई बचाउन दौड़ेर गयौं। बीएसएफका जवानहरू सहित स्थानीयहरूको सहयोगमा यी नानीहरूलाई चोपड़ाको डोलुआस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्याइयो, तर डाक्टरहरूले यिनीहरूलाई मृत घोषित गरिदिए। मृतकहरूमा पाँच वर्षीय गोलाम मुस्तफा, छः वर्षीय यूसुफ अली, पाँच वर्षीय मोहम्मद इस्लाम र १२ वर्षीय तालेब अली सामेल छन्। मणिले भने, स्वास्थ्य केन्द्रमा पुऱ्याउनअघि दुईजना नानीहरू जिउँदै थिए, तर स्वास्थ्य केन्द्रमा पुगेको केही क्षणमा यिनीहरूको पनि मृत्यु भयो। खबर फैलिनसाथ सयकड़ौं ग्रामीणहरू घटनास्थलमा भेला भए। यीमध्ये एक वर्गले आरोप लगायो, बीएसएफले चौड़ाकरणको काम सुरक्षित ढंगमा गरिरहेको छैन। इल्सामपुर पुलिस जिल्लाका एसपी जबी थमसले भने, जाँच जारी छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *