प्रज्ञा साझा मञ्चको सभा सम्पन्न

खरसाङ: भर्खरै गठन भएको प्रज्ञा साझा मञ्चले यस वर्ष २० अगस्तको दिन भाषा दिवसमा मञ्चभित्रै कार्यक्रम गर्ने भएको छl ३० जुलाई शनिबारको दिन स्थानीय गोर्खा जन पुस्तकालयमा प्रज्ञा साझा मञ्चको सभा सम्पन्न भयोl मञ्चका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको सभामा मञ्चलाई पंजीकृत गराउन, संविधान बनाउन, सदस्यहरु विस्तार गर्न साथै भाषा दिवस बारेमा विचारविमर्श गरियोl प्रज्ञा साझा मञ्च साहित्य, कला, संस्कृति अनि समाज विकासका लागि स्थापित गरिएको हुनाले यसैलाई लिएर मञ्चले कार्य विस्तार गर्ने भएको छl सभा बारे मञ्चकी सचिव उषा किरण ‘सत्यदर्शी’ले जानकारी दिएकी छिन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement