नाम्ची जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20240213-WA0176.jpg

गान्तोक: नाम्ची जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम जिल्ला प्रशासनिक केन्द्र र नाम्ची वरिष्ठ माध्यमिक विद्यालय परिसरमा सम्पन्न भयो।

विशेष गरेर आगामी दिनमा सम्पन्न हुने सिक्किम विधान सभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्रोतवक्ताकोरूपमा चुनाउ प्रकोष्ठका सचिव गोपाल कुमार छेत्री र पर्यटन विभागका सह निर्देशक राजीब राई रहेका थिए। उक्त अवसरमा कूल १२६ जनाले सहभागिता जनाएका थिए जसमा ६१ जना प्रिसाइडिङ अधिकारी र ६५ जना पोलिङ अधिकारहरू सामेल रहेका थिए। प्रशिक्षम कार्यक्रममा प्रशिक्षार्थीहरुलाई निर्वाध र निष्पक्ष निर्वाचन सम्पन्न गर्न निर्वाचन प्रक्रिया सम्बन्धी विभिन्न प्राविधिक तथा व्यवहारिक पक्षहरु बारेमा जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement