गान्तोक: सोरेङ जिल्ला अन्तर्गत रिञ्चेनपोङ समष्टि स्तरीय सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका कार्यालयमा आज यसै निर्वाचन क्षेत्रका रिञ्चेनपोङ तादोङका अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठको समन्वय सभा सम्पन्न भयो।
पार्टी अध्यक्ष प्रेमसिंह तामाङको दिशानिर्देशनमा सम्पन्न सभाको अध्यक्षता ददीराम शर्मा अवकाशप्राप्त कर्मचारीको उपस्थितिमा भएको थियो।
सभामा शिक्षा विभागका ओएसडी पाल्जर भोटिया, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका समष्टि स्तरीय सभापति जितहाङ सुब्बा, रिञ्चेनपोङ समष्टि स्तरीय अवकाशप्राप्त कर्मचारीका संयोजक अशोक गौतम लगायत स्थानीय अवकाशप्राप्त सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सभाको पहिलो चरणमा समन्वयक सभाको औचित्य बारेमा प्रकाश पार्दै सत्तारूढ एसकेएम पार्टीका भातृ संगठन अवकाश प्राप्त सरकारी कर्मचारी प्रकोष्ठका संयोजक अशोक गौतमले यो प्रकोष्ठ सत्तारूढ एसकेएम पार्टीको एउटा मुख्य अङ्ग भएकोले गर्दा प्रकोष्ठका प्रत्येक सदस्यहरुले सरकारले कार्यान्वयन गरेका विकासमूलक योजना र जनकल्याणकारी कार्यक्रमलाई जनजनसम्म र्पुयाउन दाहित्व निर्वाह गर्नुपर्ने उनले अपील गरे। उनले वर्तमान मुख्यमन्त्रीको नेतृत्वमा रहेको एसकेएम सरकारले सेवानिवृत्त कर्मचारीमा हितमा उल्लेखनीय कार्य गरिरहेको बताए।
संयोजक गौतमले अघि भने, एसकेएम सरकारले सिक्किम राज्य र सिक्किमेली जनताको समुचित हितमा कार्य गरेको छ। सरकारले सेवानिवृत्त सरकारी कर्मचारीहरुको धेरैवटा मागलाई सम्बोधन गरिसकेको छ। रहल मागहरु पनि मुख्यमन्त्रीले पूरा गरिदिने आश्वासन दिइसकेको जानकारी गराउँदै अवकाशप्राप्त सरकारी कर्मचारीहरुको निम्ति राजधानी गान्तोकमा मात्र भवनको सुविधा नगरेर अब जिल्ला-जिल्लामा पनि भवन निर्माण गर्ने उदेश्य लिएर प्रकोष्ठले काम गरिरहेको थप जानकारी गराए।
शिक्षा विभागका ओएसडी पाल्जर भोटियाले सभालाई सम्बोधन गर्दै नवगठित प्रकोष्ठका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै सेवानिवृत्त सरकारी कर्मचारीहरुको समाजका मार्गदर्शक सँगसँगै नागरिक समाजका बौद्धिक प्रतिनिधि भएको हुँदा पार्टीलाई ठूलो सेवा र टेवा पुग्ने उनले बताए। अवकाशप्राप्त सरकारी कर्मचारीहरुले सरकारसँग परस्पर सम्बन्ध राखेर काम गर्नसके राज्यको विकासमा थप टेवा पुग्ने जनाए। आजको यस सभालाई समष्टि स्तरीय सभापति जितहाङ सुब्बा लगायत अन्य उपस्थित अवकाशप्राप्त कर्मचारीहरूले पनि आ-आफ्नो सुझाउ राखेका थिए।