सन्देशखाली मामिला: पुलिसले आरोपीमाथि कमजोर धाराहरू लगायो, जमानत पाए पनि पुनः पक्राउ गरियो

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः सन्देशखालीमा महिलाहरूसित भएको यौन उत्पीड़न सहित अन्य अपराधहरूको मामिलामा आरोपी तृणमूल नेता उत्तम सरदारमाथि पुलिसले कमजोर धाराहरू लगाएको थियो। यद्यपि यस मामिलामा उसलाई गए सोमवार कोर्टले जमानत दिए पनि पुलिसले पुनः पक्राउ गरेको छ। भाजपा नेता विकास सिंहलाई पनि पुनः पक्राउ गरिएको छ।

राज्य पुलिसले बतायो, जमानत पाए पनि दुवैलाई फेरि पक्राउ गरिएको सिलसिलामा गए सोमवार राती सोशल मीडिया पोस्टमा पुलिसले बतायो, सन्देशखाली मामिलामा पक्रा परेका उत्तम र विकासलाई हिरासतमा लिनु हुँदैन भन्ने जस्ता खबरहरू आइरहेका छन् जुन “पूर्ण रूपले गलत” र “भ्रामक” छन्।

पुलिसले उक्त पोस्टमा दाबी गरेको छ, पक्राउ गरिएका दुवै आरोपीको दश दिनको पुलिस हिरासतको माग गरिएको थियो, तर कोर्टले उनीहरूको जमानत उजुरीलाई स्वीकार गऱ्यो। पुलिसले यो पनि बताएको छ, दुवैविरूद्ध पछिल्ला केही दिनहरूमा सन्देशखालीमा धेरैवटा गम्भीर आपराधिक मामिलाहरू दर्ता गरिएको छ। अर्को मामिलामा यिनीहरूलाई पक्राउ गरिएको छ।

भाजपा नेता विकासलाई सन्देशखालीमा अशान्ति फैलाएको आरोपमा गत शनिवार पक्राउ गरिएको थियो जो बशिरहाट भाजपा संगठनात्मक जिल्लाका पूर्व अध्यक्ष थिए। वर्तमानमा तिनी बशिरहाट लोकसभा क्षेत्रमा भाजपाका पर्यवेक्षक हुन्। उनको घर सन्देशखाली थाना नजिकै छ। जमानत पाएपछि विकासले भने, उनले सुरक्षित महसूस गरिरहेका छन्। यसको तुरून्तैपछि पुलिसले उनलाई फेरि पक्राउ गऱ्यो। अर्कोतिर शाहजहाँ शेख र उनका दुई निकवटर्ती नेताहरू शिबु हाजरा र उत्तममाथि पनि क्षेत्रमा ”अत्याचार” गरेको आरोप लगाइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement