गान्तोक: पाकिम जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आज रूरवन कम्पलेक्समा सम्पन्न भयो। यस अवसरमा कूल १२३ जना प्रिसाइडिङ र पोलिङ अधिकारीहरूले सहभागिता जनाएका थिए। उक्त कार्यक्रममा विशेष गरेर उनीहरूलाई चुनाउ प्रक्रियाबारे सैध्दान्तिक र व्यवहारिक ज्ञानब6रे जानकारी गराइयो। कार्यक्रममा सैध्दान्तिक प्रशिक्षण सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल धिराज सुवेदीले प्रशिक्षण प्रदान गरेका थिए भने महिला एवम वाल विकास विभागका सहआयुक्त पीएन प्रधानले शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई कसरी मतदान गराउन सकिन्छ भन्नेबारेमा जानकारी गराए। सोही प्रकारले सोरेङ जिल्लाका महकुमा अधिकारी सनी खरेलले इभीएम सञ्चालनबारे प्रशासनको सिद्धान्त कक्षा सञ्चालन गरे र ईभीएम र भोटर भेरिफायेबल पेपर अडिट ट्रेल्स सम्बन्धी प्रशिक्षण दिए। यसै प्रकारले पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल प्रशिक्षण सत्रमा सक्रिय सहभागी हुन र ध्यान दिन तालिमार्थीहरूलाई आग्रह गरे।उनले फारम १७सी र छेडछाड भोट सहित विभिन्न विषयहरूको एक सिंहावलोकन प्रदान गरे। यसका साथै उनले निर्वाचनको दिन तोकिएको समयभित्र प्रत्येक मतदान केन्द्रबाट दुई घण्टाको सञ्चित प्रतिवेदन बुझाउनुपर्ने अधिकारीहरुलाई जानकारी गराए।