बक्सिङ टोली प्रशिक्षणका लागि भारत जाने

Photo

काठमाडौं: इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि दुई खेलाडीसहित तीन सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ। ओलम्पिक छनोट २९ फरवरी देखि ११ मार्चसम्म हुनेछ। हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अन्जली तेली सहभागी हुनेछन्। प्रशिक्षकमा पूर्णबहादुर लामा छन्। भारतमा टोली दुई साता प्रशिक्षणमा रहने नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन्। टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement