मिजोरममा फोर लेन सड़क निर्माणको निम्ति १७४२.११ करोड़ रूपियॉंको स्वीकृति

20240111084.jpeg

नयॉं दिल्ली: केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले मिजोरमको आइजोल र कोलासिब जिल्लामा सिलचर-वालरेंगटे-सैरांग रोड छेउस्थित एनएच-६ मा ४ लेन एन कावनपुई (एन.मुआल्वम)-सैरांग खण्ड निर्माणको निम्ति १७४२.११ करोड़ रूपियॉं स्वीकृत गरेका छन्। गडकरीले मंगलवार सोशियल मिडिया पोस्टमा भने, २४.४१ किलोमिटरको यस परियोजनालाई राष्ट्रिय राजमार्ग (मूल)- उत्तर पूर्व (एनएच (ओ) -एनई) को भागको रूप्मा अभियान्त्रिकी, खरिद र निर्माण (ईपीसी) मोड अन्तर्गत क्रियान्वित गरिने छ।

गडकरीले भने, परिकल्पित सडक बुनियादी ढॉंचाको उद्देश्य विकसित क्षेत्रहरूमा स्थानीय यातायातको हस्तक्षेपलाई हटाएर निर्बाध यातायात प्रवाहको सुविधा प्रदान गर्नु हो। यस पहलको उद्देश्य शहरी क्षेत्रहरूमा भीडभाड कम गर्नु हो, जसले यी निर्मित क्षेत्रहरूमा सडक सुरक्षामा वृद्धि हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement