कोलकाता पुलिसको पञ्जामा पर्यो अनलाइनको ठूला ठग

Cyber-Crime-copy-1

कोलकाता: म्यासेजिङ एपमा फर्जी एकाउन्ट बनाएर थप रकम फिर्ताको प्रलोभनमा सात राज्यमा लाखौं रुपियाँ ठगी गर्ने आरोपीलाई कोलकाता पुलिसको साइबर पुलिस स्टेशनले पक्राउ गरेको छ। अभियुक्तको नाम प्रसेनजित दास ठाकुर बताइएको छ। उनी पश्चिम मिदनापुरको घाटालका बासिन्दा हुन्। पुलिसले आरोपितलाई शनिबार राति घाटालको पुष्पा क्षेत्रबाट पक्राउ गरेको हो। पुलिसले घटनास्थलबाट एउटा मोबाइल, एउटा वाइफाइ, छह वटा एटीएम कार्ड, तीन वटा चेकबुक र तीन वटा पासबुक बरामद गरेको छ। लालबजार स्रोतका अनुसार ६ जनवरीको दिन  हातीबागन क्षेत्रका अर्चन देले अनलाइनमार्फत ३०.१८ लाख रुपियाँ ठगी गरेको उजुरी साइबर पुलिस चौकीमा दिएका थिए।

उजुरीकर्ताका अनुसार केही महिना अघि उनको टेलिग्राम एपमा एकाउन्टको सूचना प्राप्त भएको थियो जसमा सेयर बजारमा लगानी गरेमा बढी प्रतिफल दिने आश्वासन दिइएको थियो। खातामा पैसा जम्मा गर्न लगानीकर्ताहरूलाई पाँचवटा बैंकको खाता नम्बर र एक युपीआई आईडी पनि दिइएको थियो। अर्चनले बढी प्रतिफल पाउन ती ब्यांक खातामा करिब ३०.१८ लाख रुपियाँ जम्मा गरेको आरोप छ। तर, लामो समय बितिसक्दा पनि लगानी गरेको रकम नपाउँदा उनले आफूलाई अनलाइनबाटै ठगिएको महसुस गरे। घटनाको अनुसन्धान गरिरहेको साइबर स्टेसन पुलिसले तत्कालै रकम जम्मा भएको ब्यांक खाता रोक्का गरी हिनामिना भएको रकमबाट ४१ हजार रुपियाँ बरामद गरेको छ। अनुसन्धानका क्रममा उक्त ब्यांक खाता प्रोसेनजित दास ठाकुरको नाममा रहेको पुलिसले पत्ता लगाएको थियो। पुलिसले खोजी अभियान चलाएर आरोपीलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement