खरसाङमा भईरहेको दोस्रो गोर्खा चेली फुटबल टुर्नामेन्टमा देवाञ्जन शेर एफए सजिलै बिजय

IMG-20240213-WA0155.jpg

खरसाङ: खरसाङमा भईरहेको दोस्रो गोर्खा चेली फुटबल टुर्नामेन्ट २०२४ अन्तर्गत टुर्नामेन्टको तेस्रो दिन आज देवाञ्जन शेर एफए कालेबुङ बनाम इगल एफसी बिहारमाझ खेल सम्पन्न भयो।

खरसाङ फुटबल एसोसिएसन अनि खेल अनि युवा मामिला विभाग, जीटीएको संयुक्त संयोजनमा आयोजित दोस्रो गोर्खा चेली फुटबल खेल २०२४, चानमारी मैदान खरसाङमा आयोजना भईरहेको छ। आजको खेलमा देवाञ्जन शेर एफएले इगल एफसी बिहारलाई ७-० गोलले पराजित गरेको छ। आजको उत्कृष्ट खेलाडीको रूपमा देवाञ्जन शेर एफसीका सपना रोयलाई प्रदान गरियो। उनलाई अतिथि सुवास प्रधानको बाहुलीबाट पारितोषिक प्रदान गरियो। सपनाले खेलमा ह्याट्रिक गर्दै ३ गोल गरेका थिए। आजको खेलमा अतिथिहरुमा मकैबारी चियाबारीबाट मुख्य प्रबन्धक सञ्जय दास, सह प्रबन्धक पेमा लामा, अभिजित त्रिपाठी, खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान, खरसाङ नगरपालिका उपाध्यक्ष सुभास प्रधान, खरसाङ ब्याडमिन्टन एसोसिएसनबाट पीयूष राई, सरोज प्रधानअनि अन्य अन्य उपस्थित थिए।

खेलको मुख्य निर्णायक कोलकाता रेफेरीस एसोसिएसनका रेफरी माही टुडु थिए भने सह निर्णायकहरुमा मोनी खिलारी, दावा डोमा भोटिया अनि फोर्थ अफिसियलमा सलिम गुरुङ, सञ्जय थापा थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *