दार्जीलिङको सांसद भूमिपुत्र हुनुपर्छ: गोपाल लामा
दार्जीलिङ: केन्द्र सरकारले गोर्खाहरूप्रति अवहेलना गरेको भन्दै भागोप्रमोले गरिरहेको विरोध प्रदर्शनको दोस्रो दिन पनि दार्जीलिङमा विरोध प्रदर्शन गरिएको छ। यसावधि भागोप्रमोले केन्द्रको भाजपा सरकार विरूध्द विभिन्न नाराहरू लगाएका थिए।

आज दार्जिलिङमा लगाइएको विभिन्न नाराहरूमा ‘नेपाली भाषा अतिक्रमण गर्नु पाईन्दैन’, ‘गोर्खालाई अवहेलना गर्नु पाईन्दैन,’गोर्खाको सपना, हाम्रो सपना भन्ने प्रधानमन्त्री जवाब देऊ’, वार्ताको चिठ्ठी आउँदैछ भन्ने राजु विष्ट, चिठ्ठीको जवाब कहाँ पुग्यो, राजु विष्ट जवाब देऊ’ जस्ता नाराहरू लगाइएको थियो। उक्त विरोध प्रदर्शनमा भागोप्रमोको प्रवक्ता केशवराज पोख्रेल, वरिष्ठ सदस्य तिलकचन्द्र रोका, सभासद सन्दीप छेत्री, बिजयकुमार राई, गोपाल लामा आदि उपस्थित रहेका थिए।

उक्त विरोध प्रदर्शनमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिन्दै गोपाल लामाले दार्जीलिङको सांसद भूमिपुत्र हुनुपर्छ भनी बताएका छन्। उनले केन्द्र सरकारको गोर्खा प्रतिको अवहेलनाको विरुद्ध बीजीपीएमको विरोध प्रदर्शनको दोस्रो दिन पनि विभिन्न समष्टिबाट पार्टीका नेतृत्व अनि कार्यकर्ताहरू निर्धारित धरना स्थलमा पुगेर प्रदर्शन गरेका थिए।









