खरसाङ: केन्द्रको भाजपा सरकारले गोर्खाहरूको ११ जात गोष्ठीलाई जनजातिको मान्यता नदिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले हिजोदेखि गरिरहेको धरणा प्रदर्शन आज दोस्रो दिन पनि जारी रहेको छ। पहाड़भरि चलिरहेको भागोप्रमोमो धरणा प्रदर्शन अन्तर्गत आज दोस्रो दिन खरसाङको महकुमा शासक कार्यालयमा अघि विरोधस्वरूप धरणा प्रदर्शन गरिएको छ। दोस्रो दिनको धरणा प्रदर्शनमा मुख्य रूपमा भागोप्रमो केन्द्रीय महासचिव अमर लामा उपस्थित रहेका थिए। दोस्रो दिनको धरणमा खरसाङ महकुमा समितिको विभिन्न समष्टीको प्रतिनिधिहरू उपस्थि रहेका थिए भने विशेष गरेर मङ्पु लाब्दा समष्टी, तङलिङ पेशोक समष्टी, तकदाह ग्लेनवर्ण, तकदाह टिस्टा भेल्ली समष्टीको प्रतिनिधिहरु उपस्थित रहेका थिए। दोस्रो दिनको धरणा प्रदर्शनलाई खरसाङ टाउन कमिटीको कार्यकारी सचिव बीरबल पाख्रिनले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले राखेका थिए। यस धरणामा भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, विशाल राई, नारी शक्ति खरसाङ महकुमा समितिको सचिव मैया ठकुरी, भागोप्रमो महकुमा सदस्य प्रेम बम्जन, महकुमाको सह सचिव ललित राई, सभासद मणिप्रसाद राई, टिस्टा तकदाहभेल्ली समष्टीको शरद छेत्री र जीवन थुलुङ अादिले वक्तव्य राखेका थिए। वक्ताहरूले केन्द्रको भाजपा सरकारले गोर्खाहरूलाई केवल आश्वासन मात्र दिएको बताउँदै संसदको बजेट सेशनको अन्तिम दिन पनि केही भएन र भाजपा सरकारले स्थायी राजनैतिक समाधान त परको कुरा तर ११ जात गोष्ठीलाई जनजातिको मान्यता पनि दिएन भनी बताएका छन्। वक्ताहरूले पहाड़बाट भाजपाले तीन तीनपल्ट सांसद पाएर पनि आश्वासनबाहेक केही दिएन भन्दै गोर्खाहरूको जनजातिको मुद्दा चाढ़ै समाधान हुनुपर्छ भनी मांग गरेका छन्। यस धरणामा सभासदहरू श्याम शेर्पा, नुरी शेर्पा, नवराज छेत्री, डेण्डुप पाख्रीन, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान, सहकारी सभापति नारायण थापा, युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधान लगायत पञ्चायत समिति सदस्य सदस्याहरू, पञ्चायत प्रधानहरू उपस्थित रहेका थिए। खरसाङमा भएको दोस्रो दिनको धरणा प्रदर्शन विषयमा पत्रकारहरूसित बोल्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले विस्तृत रूपमा बताएका छन्।