डोपिंगमा फसिन स्टार पहलवान दिव्या

IMG-20240213-WA0123.jpg

नयाँ दिल्ली: एशियन र कमनवेल्थ गेम्समा पदक जित्ने भारतकी स्टार महिला पहलवान दिव्या काकरान डोपिंगमा फसिन। राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा)-को तर्फबाट लिइएको उनको नमूना (सेम्पल)-मा प्रतिबन्धित स्टेरोयड मिथाइल टेस्टोस्टेरोन र त्यसको मेटाबोलाइट्स पाइयो। उत्तर प्रदेशकी अर्जुन पुरस्कार विजेता यस पहलवानमाथि नाडाले अस्थायी प्रतिबन्ध लगाएको छ। नाडाको सुनुवाई प्यानल अघि उनले आफूलाई निर्दोष साबित गर्न नसके अधिकतम् चार सालको प्रतिबन्ध लाग्न सक्छ।
नाडाले गत वर्ष १५ दिसम्बरमा प्रतियोगितादेखि बाहिर दिव्याको नमूना उनकी आवासबाट लिएको थियो, जसको परीक्षण वाडा-द्वारा मान्यता प्राप्त राष्ट्रिय डोप टेस्ट प्रोयगशाला (लेबोरेटरी)-मा भएको थियो। परीक्षणमा उनकी नमूनामा एनाबलिक एण्ड्रोजेनिक स्टेरोयड पाइयो। नाडाले १० जनवरीदेखि दिव्यामाथि अस्थायी प्रतिबन्ध लगाएको छ। यसैकारण उनले राष्ट्रिय च्याम्पियनशीपमा हिस्सा लिन सक्नेछैनन्। दिव्याले आफ्नो बी नमूना पनि टेस्ट गराएकी छन्।
दिव्याले २०१८-को जकार्ता एशियन गेम्समा ६८ किग्रा भार वर्गमा काँस्य पदक जितेकी थिइन्। यसबाहेक उनले २०१८ र २०२२-को कमनवेल्थ गेम्समा पनि काँस्य पदक जितेकी थिइन्। उनले एशियन च्याम्पियनशीपमा दुईपल्ट स्वर्ण पदक जितेकी थिइन् अनि २०१७-मा कमनवेल्थ च्याम्पियनशीपमा पनि स्वर्ण पदक हासिल गरेकी थिइन्। उनलाई २०२०-मा अर्जुन पुरस्कारले सम्मानित गरिएको थियो। यसबीच गोवामा भएको नेशनल गेम्सको अवधि ५७ किग्रा वर्गमा काँस्य पदक जित्ने दिल्लीकी पहलवान सिमरनलाई पनि डोप टेस्टमा पोजिटिभ पाइएको छ। उनले नूमनामा पनि स्टेरोयड नरएण्ड्रोस्टोरन पाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *