भीजा मुद्दाले गर्दा रेहान अहमदलाई हवाई अड्डामा रोकियो

IMG-20240213-WA0121.jpg

नयाँ दिल्ली: ईंग्ल्याण्ड क्रिकेट टीमले भारत यात्रामा फेरि एकपल्ट भीजा जटिलताको सामना गर्नु पऱ्यो जब लेग स्पिनर रेहान अहमदलाई राजकोटको हीरासर हवाई अड्डामा बाहिर निस्किनदेखि रोकियो। टेस्ट सीरीजको बीचमा ब्रेक लिएर संयुक्त अरब अमीरातबाट ईंग्ल्याण्डको टीम भारत फर्किदा अपर्याप्त कागजी कार्वाहीहरूले गर्दा समस्याको सामना गर्नु पऱ्यो। दोस्रो र तेस्रो टेस्टबीच लामो ब्रेकले गर्दा ईंग्ल्याण्डको पूरी टीम परिवारसँग अबुधाबी गएको थियो। अहमदलाई गत ३० दिनमा दोस्रोपल्ट संयुक्त अरब अमीरातबाट भारत आउँदा मल्टी एण्ट्री भीजाको कमीले गर्दा हीरासर हवाई अड्डाबाट बाहिर निस्किन दिइएन। एकल प्रवेश भीजा मात्र हुँदा स्पिनरलाई हवाई अड्डामा अधिकारीहरूले रोके। यसले गर्दा ईंग्ल्याण्ड टीमले दिउँसो आवश्यक औपचारिकताहरू पूरा गरेपछि पनि हवाई अड्डामा लामो प्रतीक्षा गर्नु पऱ्यो।
मीडिया रिपोर्ट अनुसार, स्थानीय अधिकारीहरूका सहायताले अहमदलाई द्रुत दुई दिनको भीजा दिइयो अनि रहल कागजी कार्वाही तेस्रो टेस्ट म्याच शुरु हुन अघि नै पूरा गरिनेछ। रेहानले अहिलेसम्म सीरीजको दुईवटा टेस्ट म्याचमा ३६.३७-को औसतले ८ विकेट लिनको साथै ७० रन पनि बनाएका छन्। दोस्रो टेस्टमा उनले तेस्रो नम्बरमा ओर्लिएर २३ रन बनाएका थिए। म्याचमा ३९९ रनको विशाल लक्ष्यलाई खेदो गर्दै ईंग्ल्याण्ड १०६ रनले पराजित भएक थियो। दुई टीमबीच पाँचवटा टेस्ट म्याचको सीरीज अहिले १-१-को बराबरीमा रहेको छ। तेस्रो टेस्ट १५ फरवरीदेखि खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement