पेशादार क्रिकेटबाट सन्न्यासको घोषणा गरे सौरभ तिवारीले

IMG-20240213-WA0115.jpg

नयाँ दिल्ली: देब्रे हातका ब्याटर सौरभ तिवारीले झारखण्ड र राजस्थानबीच १६ फरवरीदेखि जमशेदपुरमा खेलिने रणजी ट्रफीको अन्तिम लीग म्याचपछि पेशादार क्रिकेटबाट सन्न्यास लिने फसेला गरेका छन्। तिवारीले आफ्नो १७ सालको करियरमा झारखण्डको प्रतिनिधित्व गरे अनि भारतको निम्ति तीनवटा वनडे इण्टरनेशनल म्याच पनि खेले। टीम इण्डियामा सक्रिय रहँदा उनलाई देब्रे हातको धोनी पनि भनिन्थ्यो। तिवारीले इण्डियन प्रीमियर लीग (आईपीएल)-मा चारवटा फ्रेञ्चाइजी टीमको प्रतिनिधित्व गरे। आफ्नो सन्न्यासबारे बोल्दै ३४ वर्षीय खेलाड़ीले भने, यस यात्रालाई अलविदा भन्नु मुश्किल छ, जुन मैले आफ्नो स्कूली शिक्षा अघि नै शुरु गरेको थिए। जे भए पनि मलाई यही सही समय लाग्यो। मेरो विचारमा तपाईं राष्ट्रिय टीम या आईपीएलमा खेलिरहनु भएको छैन भने तपाईंले राज्यको टीममा युवा खेलाड़ीहरूका निम्ति स्थान खाली गर्नु पर्छ। हाम्रो टेस्ट टीममा धेरैजना युवा खेलाड़ीले मौका पाइरहेका छन्। यसैकारण मैले यस्तो फसेला गरे।
तिवारीले भारतको तर्फबाट २०१०-मा ३ वटा वनडे इण्टरनेशनल म्याच खेलेर ४९ रन बनाए। उनले अहिलेसम्म ११५ वटा प्रथम श्रेणीको म्याचमा ४७.५१-को औसतले ८०३० रन बनाएका छन्, जसमा २२ वटा शतक र ३४ वटा अर्द्धशतक सामेल छ। आईपीएलमा उनले ९३ वटा म्याचमा २८.७३-को औसतले १४९४ रन बनाए। उनले १८१ वटा टी२० म्याच खेलेर जम्मा ३४५४ रन बनाए। तिवारीले रणजी ट्रफीको वर्तमान सीजनमा ४ वटा म्याच खेले। झारखण्डको टीम अगावै नक्आउट चरणको होड़बाट बाहिर भइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *