२२ फरवरीमा आठौँ पूर्वी भारत माइक्रोफाइनान्स शिखर सम्मेलन-२०२४ आयोजना हुने

????????????????????????????????????

कोलकाता: एसोसिएसन अफ माइक्रोफाइनान्स इन्स्टिच्युसन- पश्चिम बंगाल (एएमएफआई-डब्ल्युबी)ले  एम२आई, इक्विफ्याक्स, एमएफआईएन र सा-धनको सहयोगद्वारा  इस्टर्न इण्डिया माइक्रोफाइनेन्स समिट २०२४ को आठौं संस्करण आयोजना गर्ने भएको छ। यस वर्षको लघुवित्त शिखर सम्मेलनको नारा ‘गरीबको सशक्तिकरणः दिगो विकासको उत्प्रेरकको रूपमा लघुवित्त’ रहेको छ। आठौँ पूर्वी भारत माइक्रोफाइनान्स समिट-२०२४,  २२ फरवरीको बिहान ९ बजेदेखि विश्व बंगला कन्भेन्सन सेन्टरमा हुने एक प्रेस विज्ञप्तिमा बताएको छ।

 इस्टर्न इण्डिया माइक्रोफाइनान्स समिट-२०२४ को घोषणा गर्दै, डा. आलोक मिश्रा, सीईओ र निर्देशक, एमएफआईएन, शिखर सम्मेलनको बारेमा जानकारी दिन; कुलदीप माइती, एमडी र सीईओ, भीएफएस क्यापिटल लिमिटेड र सचिव, एएमएफआई-डब्ल्युबी, मनोज नाम्बियार, एमडी, आरोहण फाइनान्सियल सर्विसेज लिमिटेड, कार्तिक विश्वास, एमडी, उत्तरायण फाइनान्सियल सर्भिसेज प्रालि, कोलकाता प्रेस क्लबमा एएमएफआई-डब्ल्युबीका अन्य प्रतिनिधिहरू पनि उपस्थित थिए। यस वर्ष माइक्रोफाइनान्स समिटले पश्चिम बंगाल, ओडिशा, झारखण्ड, बिहार र उत्तर पूर्वी राज्यहरूमा एमएफआईहरू (एनजीओहरू साथै एनबीएफसीहरू, एसएफबीहरू, बीसीहरू र ब्यांकहरू)मा काम गर्ने ४०० भन्दा बढी वरिष्ठ कार्यकारीहरूलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ। सम्मेलनमा पूर्वी भारतका ६० भन्दा बढी एमएफआईहरू सहभागी हुने अपेक्षा गरिएको छ। शिखर सम्मेलनले वित्तीय समावेशीकरणको वर्तमान र भविष्यका पक्षहरूबारे छलफल गर्न सरोकारवालाहरू विशेष गरी ऋणदाता र लगानीकर्ताहरूको राष्ट्रिय र विश्वव्यापी समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ र यसले समाजको दिगो विकासमा लघुवित्तले कसरी योगदान पुर्‍याउन सक्छ भन्ने बारे सचेतना जगाउने उद्देश्य राखेको विज्ञप्तिमा बताएको छ।

शिखर सम्मेलनमा नेपाल र बंगलादेशका प्रतिनिधिहरू ब्यांकहरू, नियामकहरू, रेटिङ एजेन्सीहरू, फिनटेक, आईटी, सफ्टवेयर कम्पनीहरू, बीमा कम्पनी, शोधकर्ताहरू, विद्वानहरू र विद्यार्थीहरू, ऊर्जा कम्पनीहरू- विशेष गरी हरित ऊर्जा प्रदायकहरू र सामाजिक उद्यमहरू; मोबाइल ब्यांकिङ/कोर ब्यांकिङ समाधान प्रदायकहरू उद्योग संघ/सञ्जाल, दातृ निकाय/बहुपक्षीय संस्था र अन्तर्राष्ट्रिय एजेन्सीहरू, अन्य सरोकारवालाहरुको पनि सहभागिता रहने विज्ञप्तिमा जानकारी दिएको छ। दिगो विकास लक्ष्यहरू हासिल गर्न योगदान पुर्याउने र अगाडि बढाउने शक्तिशाली औजारका रूपमा लघुवित्तलाई व्यापक रूपमा मान्यता दिइएको बताइएको छ। विज्ञप्तिमा बताइएअनुसार, ‘यसको बहुआयामिक भूमिकाहरूले दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्ने केही मुख्य पक्षहरू समावेश गर्दछ। वित्तीय समावेशीकरणको माध्यमबाट, लघुवित्तले पुँजीमा पहुँचलाई प्रजातान्त्रिक बनाउँछ, सीमान्तकृत समुदायहरूलाई सशक्त बनाउँछ र आर्थिक सहभागिता बढाउँछ। यसले गरिबी निवारणमा योगदान पुर्‍याउँछ, उद्यमशीलता र रोजगारी सृजनाको अवसर प्रदान गर्दछl लघुवित्तले महिलाहरूलाई वित्तीय सेवाहरूमा पहुँच प्रदान गरेर लैङ्गिक समानतालाई पनि समर्थन गर्दछ। परिवर्तनको उत्प्रेरकको रूपमा, लघुवित्तले वित्तीय सशक्तिकरणलाई सामाजिक सशक्तिकरणसँग जोड्दछ, जसले थप समावेशी र दिगो भविष्यको लागि मार्ग प्रशस्त गर्दछ। यस वर्षको सत्रमा एमएफई व्यवसायीहरू, नियामकहरू र कोषकर्ताहरूले यस क्षेत्रले सामना गरिरहेका अधिकांश सान्दर्भिक मुद्दाहरूमा छलफल गर्न उपस्थित हुने अपेक्षा गरिएको छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *