राहुलको स्थानमा पडिक्कललाई मौका

IMG-20240212-WA0225.jpg

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका प्रशंसकहरूका निम्ति दुःखद खबर रहेको छ। ईंग्ल्याण्ड विरुद्ध जारी टेस्ट सीरीजको तेस्रो म्याचमा केएल राहुल खेल्ने छैनन्। पहिलो टेस्ट म्याचको अवधि राहुललाई लागेको चोट अहिलेसम्म निको भएको छैन। यसैकारण उनलाई राजकोटमा खेलिने तेस्रो टेस्टबाट बाहिर गरिएको छ। राहुललाई पाँचवटा टेस्ट म्याचको सीरीजको अन्तिम तीनवटा टेस्ट म्याचको निम्ति टीममा राखिएको थियो तर भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रथम एकादशमा चयन उनको फिटनेसमाथि निर्भर रहने पनि स्पष्ट गरेको थियो। बीसीसीआई सूत्रबाट थाहालागे अनुसार, अलराउण्डर रविन्द्र जडेजा ह्यामस्ट्रिंगको चोटबाट मुक्त भइसकेका छन् तर राहुल चाहिँ अहिलेसम्म शत प्रतिशत फिट छैनन्। उनी अहिले बेंगलुरुको राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए) मा रहेका छन्। राहुलको प्रतिस्थापनको रूपमा सीनियर चयन समितिले कर्नाटकका ब्याटर देवदत्त पडिक्कललाई टेस्ट टीममा सामेल गरेको छ। राहुल र पडिक्कल दुवैले इण्डियन प्रीमियर लीग (आईपीएल)-मा लखनऊ सुपर जाइण्ट्स (एलएसजी) को प्रतिनिधित्व गर्छन्। पडिक्कलले रणजी ट्रफी र इण्डिया ए टीमबाट ईंग्ल्याण्ड लायन्स विरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेका थिए। चोटमुक्त भए पनि जडेजाले तेस्रो टेस्टमा हिस्सा लिनेछन् या छैनन् भन्ने चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन। यसबीच अन्य एउटा रिपोर्ट अनुसार, ध्रुव जुरेलले तेस्रो टेस्ट म्याचमा केएस भरतको स्थानमा विकेटकीपरको रूपमा पदार्पण गर्न सक्छन्। पहिलो दुईवटा टेस्टमा भरतको प्रदर्शन सन्तोषजनक रहेको थिएन।
अन्तिम तीनवटा टेस्ट म्याचको निम्ति टीमः
रोहित शर्मा (कप्तान), जसप्रीत बुमराह (उपकप्तान), यशस्वी जयसवाल, शुभमन गिल, केएल राहुल (फिटनेसमाथि निर्भर), रजत पाटीदार, सरफराज खान, ध्रुव जुरेल, केएस भरत, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा (फिटनेसमाथि निर्भर), अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, देवदत्त पडिक्कल, मुकेश कुमार र आकाश दीप।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *