गान्तोक: सिक्किम राज्य सहकारी संघको समन्वयमा सहकारी विभागले कृषक उत्पादक सङ्गठन सहकारिताका लागि एक दिने सचेतना तथा तालिम कार्यक्रम सम्पन्न गऱ्यो। सोरेङमा आयोजन भएको शृङ्खलाको पहिलो कार्यक्रममा सिकनका प्रमुख कार्यकारी अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य उदेश्य ग्रामीण सहकारी संस्थाहरुलाई सक्रिय र सचेतता गराउनु थियो। पञ्जीकृते भएका एफपीओको प्रबन्धक र व्यवस्थापन समितिको जिम्मेवारी, सहकारी संस्था ऐन १९७८ र व्यवस्थापन र लेखा कार्यविधिहरूबारे जानकारी गराइएको थियो। सहकारी संस्थाको व्यवसायसँग सम्बन्धित हिसाब किताबहरू र सहकारी संस्था ऐन १९७८ अन्तर्गत प्रत्येक शेयरधारकलाई उत्तरदायीबारे पनि प्रकास पारिएको थियो। स्रोत वक्ताहरुले आफ्नो सत्रमा सहकारी संस्था नियम १९८१ को प्रावधानहरूबारेमा जानकारी गराए। दुग्ध उत्पादन सहकारी, एफपीओ, पशुपालन सहकारी संस्थाहरु निरन्तर चलिरहेको छ भन्ने कुरामा जोड दिए। यी व्यवसायहरूमा पारदर्शिता र जवाफदेहिता ल्याउन सहकारी विभागको प्रयासलाई उल्लेख गरिएको थियो।