कोलकाता: पुलिसले सोमबार दिउँसो उत्तर २४ परगना जिल्लाको सन्देशखाली क्षेत्रमा विपक्षी दलका नेता सुभेन्दु अधिकारी र पार्टीका अन्य ६६ विधायकलाई रोकेको समाचार छ। पुलिसले उक्त क्षेत्रमा सीआरपीसीको धारा १४४ अन्तर्गत निषेधाज्ञा जारी गरेको भन्दै नेताहरूलाई रोकेको थियो। यसअघि सन्देशखालीमा भएको अशान्तिलाई लिएर बंगाल विधानसभामा विरोध गरेको भन्दै विपक्षी नेता अधिकारीसहित भाजपाका ६ विधायकलाई सदनबाट निलम्बन गरिएको थियो। निलम्बन पछि, सुभेन्दु अधिकारी र भाजपाका अन्य विधायकहरू तृणमूल कांग्रेसका नेता शाहजहाँ शेख र उनका समर्थकहरूलाई यौन दुर्व्यवहारको आरोप लगाउने सन्देशखालीका स्थानीयहरूलाई भेट्न बसमा चढे। सुभेन्दु अधिकारीले निषेधाज्ञा र बसिरहटका पुलिस उपरीक्षकको पत्रलाई उद्धृत गर्दै बसन्ती राजमार्गमा रोकेको बताएl सन्देशखालीमा म जाँदा शान्ति सुरक्षामा समस्या आउन सक्छ भन्ने वाहियात कुरा रहेको उनले बताए। उनले भने, ‘सन्देशखालीबाट ६५ किलोमिटर टाढा शान्ति सुरक्षाको समस्या देखाएर कसरी रोक्न सकिन्छ? सत्यतथ्य दबाउन राज्य सरकारको यो प्रयासको हामी भर्त्सना गर्दछौंl’ चार घण्टापछि भाजपाका विधायक त्यहाँबाट फर्किए। सुभेन्दुले भने, ‘भाजपाका विधायकहरू १५ फरवरीमा फेरि सन्देशखाली जानेछन्l’