आउँदो लोकसभा र विधानसभा चुनाउबारे समीक्षा गर्न निर्वाचन आयोग टोली सिक्किममा

IMG-20240212-WA0223.jpg

गान्तोक: भारतीय निर्वाचन आयोगको प्रतिनिधि टोलीले सिक्किमको भ्रमण शुरु गरेको छ। आगामी लोकसभा र सिक्किम विधानसभा आम चुनाव-२०२४ लाई केन्द्र गर्दै चुनाव तयारीको समीक्षा गर्न सिक्किमको भ्रमण गरेको हो। टोलीमाको नेतृत्व वरिष्ठ निर्वाचन उफआयुक्त धर्मेन्द्र शर्माले गरेका छन्। टोलीले सिक्किमको भ्रमण गरी लोकसभा र सिक्किम विधानसभाको आम चुनाव २०२४ को सञ्चालनको लागि राज्यको चुनावी मेसिनरीको तयारीको समीक्षा गरेको छ। हिजो टोलीले विभिन्न एजेन्सीहरूको राज्य नोडल अधिकारीहरूसँग बैठक गरेको थियो। जसमा सिक्किम पुलिस विभाग, आबकारी विभाग, जीएसटी र वाणिज्य कर विभाग, यातायात विभाग, वन विभाग, आयकर विभाग, भारतीय रिजर्व ब्यांक, प्रवर्तन निदेशालय, डाक विभाग, नागरिक उड्डयन ब्यूरो, सीआईएसएफ, आरपीएफ, नार्कोटिक्स कन्ट्रोलका नोडल अधिकारीहरु सामेल थिए। बैठकमा आगामी निर्वाचनको कार्ययोजनाबारे छलफल भएको थियो। निर्वाचन अधिकारीले चुनाउमा नगद, मदिरा, लागुऔषधि र अन्य सामग्रीहरूको आवागमनलाई रोक्नको लागि सम्बन्धित संयन्त्रलाई बलियो बनाउन नोडल अधिकारीहरूलाई निर्देशन दिए। निर्वाचनको समयमा मतदाताहरूलाई प्रलोभनको रूपमा प्रयोग गर्न सकिने कुरामा गम्भीरता देखाउने जानकारी गराए। उऩले एजेन्सीहरूलाई सूचना आदानप्रदानको प्रभावकारी सञ्जालको लागि एक आपसमा खुफिया साझेदारी गर्न पनि आग्रह गरे। यसपछि टोलीले मुख्य सचिव, डीजीपी, मुख्य निर्वाचन अधिकारी, राज्य पुलिस नोडल अधिकारी, गृह सचिव, आबकारी आयुक्त र पुलिसका डीआईजीसँग पनि बैठक गरेको थियो। बैठकमा २०२४ को आम निर्वाचनका लागि तयारीबारेमा विस्तृत छलफल भएको थियो। बैठकमा निर्वाचन सञ्चालनका लागि पर्याप्त जनशक्तिको उपलब्धता, मतदान केन्द्रमा निश्चित न्यूनतम सुविधाको उपलब्धता, शान्ति सुरक्षा कायम राख्ने, पुलिस परिचालनको दायरा, निर्वाचन खर्च अनुगमन, लगायतका विषयमा छलफल भएको थियो। आज प्रतिनिधि टोलीले जिल्ला प्रशासनको तयारी र कार्य योजनाको समीक्षा गर्न सबै जिल्लापालहरू र पुलिस उपरीक्षकहरूसँग बैठक गरेको गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement