गेजिङ जिल्लामा पूर्व सैनिकहरूको निम्ति जिल्ला कार्यालयको उदघाटन

IMG-20240212-WA0222.jpg

गान्तोक: एसटीसीएसका अध्यक्ष विष्णु शर्माले आज गेजिङस्थित आठ माइलमा एक्स सर्विसम्यान अफ् एसोसिएशनको जिल्ला कार्यालयको उदघाटन गरे। संस्थाका अध्यक्ष सुवेदार टीआर गुरूङले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संस्थाले अहिलेसम्म गरेको कार्यबारे प्रकाश पारे। सोही प्रकारले मुख्य अतिथि शर्माले राज्य सरकारले पूर्व सैनिकहरूको कल्याणको निम्ति शुरू गरेको विभिन्न योजनाबारे अवगत गराए। उनले सेनामा भर्नाको लागि संघले निकट भविष्यमा महाविद्यालय र विद्यालयका विद्यार्थीहरूका लागि प्रेरक कार्यक्रम सुरु गर्ने कुरामा जोड दिए। पूर्व सैनिकहरूको निम्ति मुख्यमन्त्री प्रेम सिंह तामाङले निरन्तर सहयोग पुऱ्याएकोमा उनले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै आभार प्रकट गरे

यस अवसरमा समाजको उन्नतिको लागि जिल्ला भित्र हुने विभिन्न भावी कार्यक्रमहरुलाई लिएर छलफल पनि गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement