एडीबीका प्रतिनिधिहरूले गरे मुख्यमन्त्री तामाङसँग भेट

IMG-20240212-WA0219.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एशियान डेभलोपमेन्ट व्याङ्कका निर्देशक मनोज शर्मा, शहरी विकास विभागका वरिष्ठ विशेषज्ञ हिकारु सोजी र वरिष्ठ योजना अधिकारी भवेश कुमार लगायत अन्यहरूसँग आज भेट गरे। भेटको क्रममा सिक्किम एकीकृत, जलवायु प्रतिरोधी र विभिन्न शहरहरूमा दिगो शहरी विकास परियोजनाबारे छलफल गरिएको जानकारी गराइएको छ। यस अवसरमा एडीबीका प्रतिनिधिहरले राज्यमा आगामी दिनमा गरिने विभिन्न योजनाबारे जानकारी गराउँदै आफ्नो अनुभव बताए। विशेष गरेर उनीहरूले रम्फू र सिङतामको परियोजनाहरूको भ्रमण गरेपछि आफ्नो अनुभव मुख्यमन्त्री समक्ष राखे। प्रतिनिधि टोलीले राज्यका शहरहरूलाई समग्र वातावरणीय पूर्वाधार निर्माण गर्नमा जोड दिएका छन्, जसमा जलवायु लचिलो, एकीकृत र दिगो हुने र विभिन्न विभाग र शहरी स्थानीय निकायको क्षमता अभिवृद्धि सुदृढ हुने गरी स्मार्ट शहरको पूर्वाधार निर्माणमा जोड दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *