नयाँ दिल्ली: आदिवासी विद्यार्थीका लागि राष्ट्रिय शिक्षा समिति (एनईएसटीएस)द्वारा पूर्वोत्तरको तीनवटा राज्य मणिपुर, सिक्किम र त्रिपुराको एकलव्य आदर्श आवासीय स्कूलका (ईएमआरएस) २५५ जना विद्यार्थीको निम्ति ८ देखि १२ फरवरीसम्म शैक्षिक अध्ययन भ्रमण आयोजित गरियो। यसका अतिरिक्त, राष्ट्रपति भवनले एनईएसटीएससँगको समन्वयनमा यी विद्यार्थीहरूका लागि ८ फरवरीमा राष्ट्रपति संग्राहलय र अमृत उद्यान भ्रमण गर्ने अवसर प्रदान गरेको थियो।

यो भ्रमण यी आदिवासी विद्यार्थीहरूका लागि उल्लेखनीय कोशेढुङ्गा साबित भएको थियो कारण, उनीहरूले जीवनमा पहिलोपटक राजधानी नगरीका साथमा अमृत उद्यान अनि राष्ट्रपति भवनको सौन्दर्यको प्रत्यक्ष अनुभूति गर्ने अवसर पाएका थिए। दिल्लीको भव्यता, अमृत उद्यानको ऐतिहासिक महत्त्वका साथमा राष्ट्रपति भवन अनि सङ्ग्रहालयले यी विद्यार्थीहरूको मन-मस्तिष्कमा अमेट छाप छोड्नका साथै भारतको विविधतापूर्ण सांस्कृतिक धरोहर बुझाईलाई पनि समृद्ध तुल्याएको छ। यसका साथै विद्यार्थीहरूले भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग अविस्मरणीय संवाद गर्ने अवसर पनि पाए। ईएमआरएसका विद्यार्थीहरूको राष्ट्रपति भवनमा विविधताको अमृत महोत्सवमा सहभागिता पनि नयाँ रोमाञ्चक क्षम रहेको थियो कारण सिक्किम, मणिपुर र त्रिपुराको ईएमआरएसका विद्यार्थीहरूले पूर्वोत्तर उत्सवमा भाग मात्र नलिएर उनीहरूले विविधताका अमृत महोत्सव कार्यक्रमको उद्घाटन समारोहमा आफ्नो प्रतिभा पनि प्रस्तुत गर्ने मौका पाए। एनईएसटीएसका आयुक्त असीत गोपालका साथमा एनईएसटीएसका अन्य अधिकारी पनि यस अवसरमा उपस्थित थिए।
सर्वाङ्गीण विकास प्रोत्साहित गर्ने लक्ष्य अनुरूप, यी आदिवासी विद्यार्थीहरूले १२ फरवरीसम्म अध्ययन भ्रमण गरे, जसमा आदि महोत्सवका साथै अन्य वैज्ञानिकतम, सांस्कृतिक अनि कलाको महत्त्व बोक्ने ठाउँहरूको भ्रमण पनि सामेल रहेको थियो। यो पहल उनीहरूलाई पारम्परिक कक्षाको पठन-पाठनदेखि बाहिर गएर समृद्धशाली अनुभव जुटाउँदै सर्वव्यापी विकास उत्प्रेरित गर्नु लक्षित छ। यो भ्रमण विद्यार्थीहरूको निम्ति अविस्मरणीय साबित भयो जहाँ उनीहरूले जीवनको अभिलाषित स्मृति बटुल्ने मौका पाए। यो कार्यक्रम एक भारत श्रेष्ठ भारतको भावना अनुरूप आयोजन गरिएको थियो भने यी तीन राज्यका विद्यार्थीहरूले एक-अर्कासँग ननजिकबाट संवाद गर्दै अनुभव साझा गर्ने मौका पाए। विविधताका अमृत महोत्सवमा प्रस्तुत मनमोहक प्रस्तुतिको मुख्यांश तल दर्शाइएका छन्। -पीआईबी