अलिपुरद्वारमा तृणमूलको महाऱ्याली

IMG-20220520-WA0175.jpg

कालचिनी। लगातार ग्यासको मूल्यवृद्धि र पेट्रोल डीजलको आकास छुने भावले जनजीवन प्रभावित भईरहेकोले भाजपा सरकारको विरोधमा आज तृणमूलले अलिपुरद्वार जिल्ला कमिटीको पक्षबाट प्रायः ५ हजार समर्थकहरुको सहभागितामा महाऱ्याली निकालिएको जानकारी तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले दिएका छन।
डुवर्सकन्या परिसरबाट शुरु भएको उक्त ऱ्यालीमा अलिपुरद्वार जिल्लाको ६ वटा ब्लकहरुबाट हजारौँको संख्यामा तृणमूल नेता कर्मी औ समर्थकहरुको सहभागिता रहेको थियो।
ऱ्यालीमा अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक लगायत आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज, जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्मा, डीपीएससी चेयरम्यान परितोष बर्मन, मनोरञ्जन दे लगायत अन्यान्य नेतृत्वहरुको उपस्थिति रहेको थियो।
तृणमूलले धेरै दिनदेखि नै ब्लक ग्राम पञ्चायत स्तरदेखि भाजपा सरकारको जनविरोधी नीति विरुद्ध ऱ्याली धरना र विक्षोभ प्रदर्शन चल्दै आईरहेको र आज जिल्ला स्तरमा यो महाऱ्याली निकालिएको र यो प्रतिवाद जारी रहने तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईकले थप जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement