पक्राउ गर्दैनौं भने पेश हुनेछु: शेख शाहजहाँ

ed-attack-sheikh-shahjahan-1.jpg

काेलकाता: उत्तर २४ परगनाको सन्देशखालीमा एकातिर तृणमूल नेता शेख शाहजहाँको विरोधमा स्थानीय मानिसहरू आक्रोशित भइरहेका छन् भने अर्कोतिर उनले ईडी कार्यालयमा पेश हुनको लागि शर्त राखेका छन्। सोमवार बारासात कोर्टमा उनको जमानत उजुरीमाथि सुनवाई भइरहेको थियो।

यसै अवधि उनले आफ्ना अधिवक्ताको माध्यमबाट न्यायालयमा भने, यदि ईडीले उनलाई पक्राउ नगर्ने भरोसा दिलाउँछ भने जाँचबुझको लागि पेश हुनेछन्। ईडीले उनलाई जाँचबुझको निम्ति उपस्थित हुन आजसम्मको समय दिएको थियो। यो तेस्रो समन थियो जसलाई उनले किनारा लगाइदिएका छन्।

न्यायाधीशले सोधे, आखिर उनी ईडी कार्यालयमा किन उपस्थित भइरहेका छैनन्। यसमा उनका अधिवक्ताले भने, उनीविरूद्ध ईडीले विदेशमा रुपियाँ पठाएको सहित धेरैवटा गम्भीर आरोपहरू लगाएको छ। जबकि यसमा कुनै सत्यता छैन। उनलाई अग्रिम जमानत पनि प्राप्त भएको छैन। पक्राउ गर्ने भयले उनी पेश भइरहेका छैनन्। यद्यपि ईडीले यसमाथि रोष व्यक्त गर्दै भन्यो, शेख शाहजहाँ धेरैवटा षड़यन्त्रको अंग हो। उसलाई राहत दिन सकिँदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *