केन्द्रको भाजपा सरकार विरुद्ध भागाेप्रमाेद्वारा मिरिकमा पनि विरोध प्रदर्शन

IMG-20240212-WA0215.jpg

मिरिक: ११ गोर्खा जात गोष्ठीलाई जनजातिको दर्जा दिलाउनु भाजपाको केन्द्र सरकार असफल भएको प्रतिवादमा भारतीय प्रजातान्त्रिक माेर्चा मिरिक महकुमा समितिले मिरिक महकुमा शासक कार्यालय परिसरमा धरना प्रदर्शन शुरू गरेकाे छ। उक्त प्रदर्शन आगमी १४ फरवरीसम्म चल्नेछ।भागाेप्रमाे मिरिक महकुमा समिति अध्यक्ष मिलेस राईकाे नेतृत्वमा शुरू भएकाे धरना प्रदर्शनमा सभासदहरू मिलेस राई, धुर्ब बम्जन, परेस तिर्की, जनसम्पर्क अधिकारी विवेक गाेले, नारी शक्ति मिरिक महकुमा अध्यक्ष गणिता गुरूङ, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष किरण सुब्बा भूटिया, युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस ताेलाङ्गी, भागाेप्रमाे सियाेक गाेपालधारा समष्टि अध्यक्ष समीर राई, सचिव कृष्णवीर प्रधान, साैरेनी समष्टिका प्रतिनिधिहरू लगायत धेरै भागाेप्रमाे समर्थकहरू उपस्थित थिए। यस अवसरमा सभासदहरू, पञ्चायत समिति, ग्राम पञ्चायतका सदस्यहरू साथै पार्टी कार्यकर्ताहरू धर्नामा बसेका थिए। प्रदर्शन गरिएको प्लाकार्डमा भनिएको छ प्रधानमन्त्रीले नाम नै सम्बोधन गरेर भनेको ११ जनजातिले किन न्याय पाएन? १५ वर्ष सम्म ११ गोर्खा जातिले जनजातिको दर्जा पाउने आशामा बसेको भारतीय गोर्खाले फेरि पनि न्याय पाएन। कहिलेसम्म गोर्खाले केन्द्र सरकारको झुटो आश्वासनमा रमाउँदै बस्ने? ११ जनजातिको मांग हाम्रो अधिकार हो। कहाँ गयो तिम्रो सङ्कल्पको सम्मान?
१४ वर्ष गोर्खालाई जनजातिको सपना देखाएर सपना चकनाचुर पार्ने केन्द्रको बीजेपी सरकार
गोर्खालाई न्याय देऊ। यस अवसरमा भागाेप्रमाे मिरिक महकुमा समितिले मिरिक महकुमा शासकलाई एउटा ज्ञापन पत्र पनि प्रदान गरेकाे छ। यस अवसरमा बाेल्दै भागाेप्रमाे मिरिक महकुमा अध्यक्ष एंव सभासद मिलेस राईले भारतीय  गाेर्खा प्रजातान्त्रिक माेर्चा केन्द्रीय  समितिकाे निर्देशलाई पालन गर्दै भागाेप्रमाे मिरिक महकुमा समितिले पनि १२, १३ अनि १४ फरवरीकाे दिन मिरिक महकुमा शासक कार्यालय परिसरमा धरना प्रदर्शन गर्ने निर्णय गरेकाे फलस्वरूप साेमबार धरना प्रदर्शन गरिएकाे बताए। तिनले भारतीय जनता पार्टीले गाेर्खाहरूकाे सपनासित खेलवाड गरेकाे अभियाेग लगाउँदै भाजपाकाे जारी शासनकालकाे अवधिभित्र पनि भाजपाले गाेर्खा जातिलाई दिएकाे वचन पूरा नगरेकाे कारण भागाेप्रमाेले धरना प्रदर्शन गर्ने निर्णय गरेकाे बताए।तिनले भाजपाले पन्ध्र वर्षसम्म गाेर्खाकाे भावनासित खेल्ने काम गरेकाे छ। प्रधानमन्त्री नरेन्द्र माेदी समेतले गाेर्खाहरूकाे सपना मेराे सपना हाे भनेर आशा देखाएका थिए। तर संसदकाे अन्तिम शत्रसम्म गाेर्खाकाे हितमा कुनै निर्णय नआउनु अति खेदकाे  हाे भन्दै भाजपाले गाेर्खा जातिप्रति गरेकाे खेलवाडकाे विराेध गर्दछाैं भने। तिनले भागाेप्रमाेकाे धरना प्रदर्शन शान्तिपूर्ण र गणतान्त्रिक  ढंगमा हुने जानकारी गराउँदै  हामीले यतिका दिनसम्म  भाजपाले गाेर्खा जातिप्रति गरेकाे   संकल्प पूरा गर्छ भनेर प्रतीक्षा गरेका थियाै तर भाजपा शासित केन्द्र सरकारले केही गाेर्खा जातिकाे लागि गर्न सकेन। यसकाे हामी विराेध गर्दछाैम भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement