सय दिने रोजगारको भुक्तानको लागि लाभार्थीहरुले आफ्नो बैंक खाता सक्रिय राख्न पर्ने

IMG-20240212-WA0212.jpg

मिरिक: मिरिक महकुमा अन्तर्गत पहिला गाउँ स्कूल डाँड़ा ग्राम पञ्चायत १ का निर्वाचित पञ्चायत प्रधान स्वेच्छा तामाङले मनरेगा भुक्तान सम्बन्धमा एक भिडियो जारी गर्दै सर्व साधारणलाई अवगत गराएका छन्। तामाङले सय दिने रोजगारको भुक्तान २०२३-२४ वर्षको रहने भन्दै सय दिने रोजगारका लाभार्थीहरुले आफ्नो बैंक खाता सक्रिय राख्न पर्ने बताएका छन्। बैक खाता सुचारु रहेको खण्डमा भुक्तानीमा समस्या नहुने उनीले बताएकी छन्। यसै गरी सय दिने रोजगारीको भुक्तान केन्द्र सरकारले रोकेर राखेको जसको फलस्वरूप राज्य सरकारले नै राशी भुक्तान गर्ने जसको निम्ति तत्कालीन सुपरभाइजरहरुले सहयोग गर्नु पर्ने तामाङले अनुरोध गरेकी छन्। हाल धमाधम राशि भुक्तानीको प्रक्रिया चलिरहेको जुन १४ फरवरीसम्म चल्ने जानकारी गराउँदै आवश्यक दस्तावेज लिएर सम्बन्धित निकायसित सम्पर्क गर्न तामाङले जनाएका छन्। यस सम्बन्धमा पहिला गाउँ ग्राम पञ्चायत एकका निर्वाचित सदस्यहरु आफ्नो पञ्चायत क्षेत्रमा कार्य गरिरहेका छन्। निर्वाचित सदस्यहरु संगीत राई, दिव्य तामाङ, सपन भण्डारीले पनि सोही अनुरोध आफ्नो क्षेत्रबासीलाई गरेकी छन्।

About Author

Advertisement