खोलाचन्द फाप्रीमा राम मन्दिर निर्माण कार्य शुरु गरिने

IMG-20240212-WA0188

सिलगढी: खोलाचन्द फाप्रीस्थित भानु चौतारी परिसरमा स्थानीय युवाहरुले चाँडै राम मन्दिर निर्माण गर्ने भएका छन्। राम मन्दिर निर्माणका निम्ति आफ्नो स्वर्गीय पति धनबहादुर राईको स्मृतिमा भूमि दान गर्ने वचन दिएका गाउँकै वरिष्ठ नागरिक मनमती राईलाई आइतबार उनैको वास्थानमा गएर राम मन्दिर निर्माण समितिका तीन सदस्य संयोजक टोलीले सम्मान जनाएको छ। तीन सदस्य संयोजक टोलीमा क्रमैले विकास तिम्सिना, कृष्ण शर्मा, राहुल मंगरले मनमती राई, उनका छोरा विजय राई एवं पारिवारिक सदस्य पुष्प राईलाई खदा लगाएर जमीन दान गर्ने महत विचारलाई सराहना गर्दै धन्यवादस्वरुप चन्दा संग्रहको पहिलो रशिद पत्र प्रदान गरिएको हो।

संयोजक टोलीका सदस्यहरुले बताएअनुसार, भानु चौतारी परिसरमा चाँडै मर्यादा पुरुषोत्तम भगवान श्रीराम मन्दिर निर्माण गरिने भएको छ। यसको निम्ति आवश्यक चाँजोपाँजो मिलाइ सकिएको र चाँडै मन्दिर निर्माण कार्य थालिनेछ। उनीहरुले अझ बताएअनुसार, मर्यादापुरुषोत्तम भगवान श्रीराम धर्मका मूर्तिमन्त्र स्वरुप हुन्। उनी भारतको आत्मा हुन्। श्रीराम १४ वर्षसम्म नाङ्गो पाउ वन-वन घुमे। समाजको प्रत्येक वर्गसम्म पुगे। उनले वञ्चित, उपेक्षित भएकाहरुलाई आत्मीयताका साथ अँगालो हाले। आफ्नोपनको अनुभुति गराए। सबैसित मित्रता गरे। नारीको उच्च गरिमालाई पुनर्स्थापित गरे। असुरहरुको विनाश गरेर आतंकवादको नाश गरे। रामराज्यमा परस्पर प्रेम, सद्भाव, मैत्री, करुणा, दया, ममता, समता, बन्धुत्व, आरोग्य, सर्वसमृद्धि, पूर्ण जीवन सर्वत्र थियो। हामी सबैले पुन: आफ्नो दृढ़ सङ्कल्प एवं सामुहिक पुरुषार्थले यस्तै भारत निर्माण गर्नुपर्छ। यस अतिरिक्त दान भारतीय सनातन समाजको पुरातन विशेषता हो। विद्यार्थी, वानप्रस्थी, सन्यासी, भिक्षु आदिलाई जीवनयापनहेतु संसाधन उपलब्ध गराउन, मन्दिर एवं तीर्थहरुमा धर्मशाला तथा अन्य समाजोपयोगी स्थानको निर्माण गराउनु सहयोग गर्नु। यो सामाजिक कर्तव्यपनि मानिएको छ। यही प्राचीन परम्पराअनुसार खोलाचन्द फाप्रीस्थित भानु चौतारी परिसरमा धर्मका मूर्तिमन्त्र स्वरुप मर्यादापुरुषोत्तम भगवान श्री राम मन्दिर निर्माणार्थ सबैबाट सहयोगको अपेक्षा गरिएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement