पाकिस्तानमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारलाई १०१ सिट, कुनै दलले बहुमत ल्याएनन्

Watermark - 10

पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको मतगणना सम्पन्न भएको पाकिस्तान निर्वाचन आयोगले जनाएको छ। २६६ सिटका लागि भएको निर्वाचनमा २६४ सिटको परिणाम सार्वजनिक हुँदा १ सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना नै स्थगित भएको छ। २६४ सिटको नतिजा सार्वजनिक हुँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक १०१ सिट जितेको छ। पीटीआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न दिएको थिएन। निर्वाचन चिह्न नदिए पनि पीटीआई समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए।

पाकिस्तानको सेनाले समर्थन गरेको नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नेश्नलिस्ट (पीएमएल–एन)ले भने ७५ सिटमा मात्रै जित हात पार्यो। सेनाको समर्थनका बाबजुद पनि पीएमएल–एनदलले बहुमत पाउन सकेन। यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जित्दा बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पीपीपी)ले ४ सिट जितेको छ। चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ। जसमा पंजाबमा २९७ सिटका लागि भएको निर्वाचनमा १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। पंजाबमा पीएमएल– एनले १३७ सिट र पीपीपीले १० सिट ल्याएको छ।

सिन्धमा पिपिपीले बचस्व कायम राख्यो। १३० सिट मध्ये पिपिपीले ८४ सिट जितेको छ। यस्तै, मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट पाए। तर, खैबर पख्तुन्ख्वा प्रान्तमा भने स्वतन्त्र उम्मेदवारले १२२ मध्ये ९० सिट जितेका छन्। मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा कम्तिमा २३ जनाको ज्यान जाने गरी भएको बम विस्फोटका बाबजुत त्यहाँको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको थियो। उक्त प्रान्तमा ५१ सिटका लागि गरिनएको निर्वाचनमा पिपिपीले ११, पीएमएल–एनले १०, जमियत उलमा–इ–इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ। मतपरिणाम आएसँगै सरकार गठन केन्द्र र प्रान्तमा चर्चाको विषय बनेको छ। केन्द्रमा कुनै पनि दलको बहुमत नआउँदा पाकिस्तानको आउँदो प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट भइसकेको छैन। पंजाब र बलोचिस्तान दुई प्रान्तमा पनि मतपरिणामले केन्द्रकै अवस्था बनाइदिएको छ। बिहीबार भएको आम निर्वाचनमा मतदान र मतगणनाको समयमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो। कतिपय नेता कार्यकर्ताहरूलाई पक्राउ र पत्रकारहरूमाथि समेत कुटपिट भएको समाचारहरू सार्वजनिक हुँदा यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको टिप्पणी भएको छ। अमेरिका, इंग्ल्याण्ड र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र  हस्तक्षेप गरेको बताउँदै  छानबिनको माग गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *