गोरामुमो गोथल्स साइडिङ खहरे शाखा समिति गठन

IMG-20240212-WA0191.jpg

खरसाङ: गोरामुमो सोनादा टुङ समष्टि अन्तर्गत खहरे बस्तीमा गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको सांगठनिक सभा सम्पन्न भयो। सभामा गोरानासं केन्द्रीय समिति सदस्या अमृता छेत्री, खरसाङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन गुरूङ, देवराज छेत्री, वीरबहादुर राई, सिता छेत्री,टाशी भोटिया, मुन्ना लामा आदि उपस्थित थिए।सभालाई समष्टि अध्यक्ष मदन छेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। सभालाई गोरायुमो खरसाङ महकुमा समिति सचिव सन्तोष सुब्बाले सञ्चालन गरेको थियो। सभामा वक्ताहरूले आफ्नो वक्तव्य राख्दै भने, विगत दिनहरूमा जसरी संवैधानिक व्यवस्थाको विरोध गरेर सम्पूर्ण गोर्खाहरूको भाग्य बिगार्ने काम भएको थियो भने आजसम्म यसको दुःख हामी सबैले भोग्न परिरहेछ। आज सबैले संविधान र संवैधानिक व्यवस्था राम्रोसंग बुझ्न जरूरी छ। एक दुई व्यक्तिको स्वार्थ र विकासको निम्ति सम्पूर्ण गोर्खाहरूको भाग्य बिगार्ने काम नगरीदिने आज यस सभाबाट चेतावनी समेत दिएका छन्। सभामा वक्ताहरूले विगत २००६ सालमा गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले दार्जीलिङ पहाड़लाई जुन ठाउँमा छाड़ेको थियो दार्जीलिङ पहाड़ आज पनि त्यही ठाउँमा रहेको बरू अझ पछि सरेको वक्ताहरूले ठोकुवा गरे। सोनादा टुङ समष्टिले अब शाखा शाखामा सांगठनिक सभाहरू गरेर पार्टी अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउने काम शुरू गरिसकेको छ र सोनादा टुङ समष्टि गोर्खा राष्ट्रीय मुक्ति मोर्चा सदैव अध्यक्ष मन घिसिङको साथमा खड़ा रहने छ भनी बताइएको छ। सभामा विशेष निम्न गोथल्स साइडिङ अनि खहरे शाखालाई लिएर एउटा शाखा समिति गठन गरियो।                                                                     उक्त गठन भएको शाखा समितिमा सभापति रणसिङ थापा, उप सभापति डीके प्रधान सिता छेत्री, सचिव-देवराज छेत्री, सह सचिव पासाङ तामाङ र मनबहादुर छेत्री, कोषाध्यक्ष वीरबहादुर राई, सह कोषाध्यक्ष उर्मिला छेत्री, सल्लाहकार धिरज राई, अर्जुन कुमार छेत्री लगायत कार्यकारणी सदस्यगण चयन भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement