काठमाडौं: साउदी अरबमा अवैध रुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन्। रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका रक्सी बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन्। त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ। साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो। करिब चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्यांक छ। बढी आमदानी हुने लोभमा नेपालीहरू रक्सी पिउने र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन्। तर वास्तविक संख्या त्योभन्दा पनि धेरै हुनसक्ने आंकलन गरिएको छ।