आईएफए शील्ड गोर्खा चेली फूटबल टुर्नामेन्टको सेमिफाइनलमा पुग्यो तमिलनाडु

photocollage_202421217423781.jpg

खरसाङ: महिला फूटबल खेल र खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यको साथ खरसाङ फूटबल एसोसिएशन (केएफए)-ले इण्डियन फूटबल एसोसिएशन (आईएफए)-को मार्गदर्शनमा आयोजन गरेको आईएफए शील्ड गोर्खा चेली फूटबल टुर्नामेण्टमा तमिलनाडुले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को विशेष सहयोगमा उत्तर बंगालकै सबैभन्दा ठूलो यस महिला टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा खेलिएको सोमवार खेलिएको म्याचमा तमिलनाडुले एसएसबी-को टीमलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल देमुतीले २८औं मिनटमा गरिन्। म्याच जिताउने गोलको निम्ति तमिलनाडुकी खेलाड़ी देमुतीलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा अतिथिको रूपमा सभासद नवराज छेत्री (एमओडी, युवा मामिला एवम् खेलकुद विभाग, जीटीए), कञ्चनजंघा सितोरियोबाट देबेन्द्र गुरुङ, खरसाङ बडीबिल्डिंग फिटनेसबाट सञ्जय छेत्री, वसन्त थापा, खरसाङ गोर्खा पार्वत्य खेलकुद संघका अध्यक्ष मोहन लामा, आरबी लामा, खरसाङ ब्याडमिण्टन संघका अध्यक्ष पेमेन्द्र गुरुङ, खरसाङ पञ्चायत बोर्डकी अध्यक्ष अनु छेत्री प्रधान, कर्म अध्यक्ष भक्तिमान तामाङ र खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानको विशेष उपस्थिति रहेको थियो। यस टुर्नामेण्टकी ब्राण्ड एम्बसेडर शान्ति राई हुन्, जसलाई आइतवार उद्घाटन समारोहमा सम्बर्द्धना पनि जनाइयो। अब मंगलवार खेलिने म्याचमा शेयर देबाञ्जन कालेबुङ र बिहारको टीमबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा आठवटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ।

दुईवटा सेमिफाइनल १५ र १६ फरवरीमा हुनेछ। यसरी फाइनल १८ फरवरीमा खेलिनेछ। आयोजक केएफए-का महासचिव सुदीप राईले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद राशि प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *