कतारबाट फर्किएका साथ भारतीय, प्रधानमन्त्रीप्रति जनाए कृतज्ञता

IMG-20240212-WA0180.jpg

दिल्ली: कतारमा जेल सजाय भोगिरहेका भारतीयहरू रिहा भएका छन्। तीमध्ये सात जना भारतीय आफ्नो देश फर्किएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। भारत फर्किएका पूर्व नौसेना कर्मचारीले प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। कतारको यो निर्णयको भारत सरकारले पनि स्वागत गरेको छ। सबै आठ जनालाई यसअघि जासुसीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।भारत फर्केका एक पूर्व नौसेना कर्मचारीले भने, ‘हामीले फेरि भारत फर्कन करिब १८ महिना पर्खियौं। हामी प्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्दछौं। उनको व्यक्तिगत हस्तक्षेप र कतारसँगको सम्बन्ध बिना यो सम्भव थिएन। हामी सबै प्रयासहरूको लागि भारत सरकारलाई हृदयदेखि धन्यवाद दिन्छौं, र ती प्रयासहरू बिना यो आज देख्न सम्भव थिएनl’ भारत फर्किएका अर्का पूर्व कर्मचारीले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको हस्तक्षेपबिना हामी यहाँ उभिन सम्भव थिएन। साथै, भारत सरकारको निरन्तर प्रयासका कारण यो सम्भव भएको होl’ संचारमाध्यमसँगको कुराकनीमा एक पूर्व कर्मचारीले भने, ‘म सुरक्षित रूपमा घर फर्कन पाउँदा धेरै राहत महसुस गर्छु। म प्रधानमन्त्री मोदीलाई धन्यवाद दिन चाहन्छु, किनकि यदि हाम्रो सुरक्षित रिहाइको लागि उहाँको व्यक्तिगत हस्तक्षेप नभएको भए यस्तो हुने थिएन। म कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई पनि धन्यवाद दिन चाहन्छुl’कतारमा पक्राउ परेका आठ भारतीयमा क्याप्टेन नवतेज सिंह गिल, क्याप्टेन वीरेन्द्र कुमार वर्मा, क्याप्टेन सौरभ वशिष्ठ, कमाण्डर अमित नागपाल, कमाण्डर पूर्णेन्दु तिवारी, कमाण्डर सुगुनाकर पकाला, कमाण्डर सञ्जीव गुप्ता र सेलर रागेश रहेका छन्। यसअघि कतारको अदालतले मृत्युदण्डको सजायविरुद्ध भारत सरकारले दायर गरेको अपील स्वीकार गरेको थियो। अल दाह्राह गर्ने भारतीय नागरिकलाई अगस्त २०२२ मा पक्राउ गरिएको थियो। जासुसीको आरोपमा यो कारबाही गरिएको हो। यी पूर्व नौसेना कर्मचारीहरूलाई २६ अक्टोबर २०२३ मा मृत्युदण्ड सुनाएको थियो। त्यसबेला भारतले यसलाई निकै अचम्मको निर्णय भनेको थियो, र यस विषयमा सबै कानूनी पक्ष खोज्ने वाचा पनि गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *