राज्यपाल समक्ष सन्देशखालीका महिलाहरूद्वारा शेख शाहजहाँलाई पक्राउ गर्ने माग

Dr-CV-Ananda-Bose

कोलकाता: पश्चिम बंगालका राज्यपाल सीभी आनन्द बोस उत्तर २४ परगना जिल्लाको सन्देशखालीको भ्रमणमा छन्। जहाँ स्थानीय महिलाहरूले शेख शाहजहाँ र शिवप्रसाद हाजरालाई तत्काल पक्राउ गर्न माग गरेका छन्। शेख शाहजहाँलाई पक्राउ नगरे आउँदो दिनमा यातनाको स्तर बढ्ने उनीहरूको भनाइ छ। राज्यपाल बोसले सन्देशखालीका महिलाको कुरा सुनेर कडा कारबाही गर्ने आश्वासन पनि दिएका छन्। सन्देशखालीका महिलाहरू भन्छन्, ‘अहिले तपाई यहाँ आउनुभएको कारण हामी आफ्नो कुरा गर्नसक्छौँ, तर यहाँबाट तपाईं जानेबित्तिकै अवस्था पहिलेको जस्तै हुनेछ। उनीहरूले हामीलाई थप यातना दिनेछन्। उनीहरूलाई पक्राउ गर्न केही गर्नुहोस्। हामी उनीहरू विरुद्ध कडा कारबाही चाहन्छौंl’ सन्देशखालीकी महिलाहरूको कुरा राज्यपालले सुने। उनले भने, ‘म वाचा गर्छु, यसमा संलग्नलाई कडा कारबाही हुनेछ। मसँग जति क्षमता छ त्यसले कारबाही गर्छु। महिला सुरक्षा हाम्रो पहिलो प्राथमिकता होl’ राज्यपालको सन्देशखाली भ्रमणका लागि सबै सुरक्षा व्यवस्था मिलाइएको पुलिसले जनाएको छ। सम्पूर्ण क्षेत्र शान्तिपूर्ण रहेको हुनाले कुनै अप्रिय घटना भएको छैन, त्यहाँको शान्ति व्यवस्था बिथोल्न कसैलाई अनुमति नदिने र कानून उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने भनाइ छ।

About Author

Advertisement