म्याराथनमा इतिहास रच्ने केल्विनको कार दुर्घटनामा मृत्यु

IMG-20240212-WA0183.jpg

नयाँ दिल्ली: म्याराथन दौड़मा विश्व रेकर्ड धारक तथा पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्ने प्रबल दावेदार केल्विन किपटुमको पश्चिम केन्यामा एउटा कार दुर्घटनामा मृत्यु भयो। स्थानीय समयानुसार राति लगभग ११ बजी २४ वर्षीय खेलाड़ी कप्टागाटबाट एल्डोरेट गइरहेका थिए, त्यही समय उनको कार पल्टियो। दुर्घटनामा केल्विनको साथमा उनका रवाण्डाका प्रशिक्षक गेरवाइस हकीजिमानाको पनि मृत्यु भयो। दुर्घटनाको साथ कारमा तीनजना सवार थिए, जसमा दुईजनाको मृत्यु भयो जबकि अन्य एकजनालाई अस्पाल पुऱ्याइएको छ। पश्चिमी केन्याका एल्गियो माराकवेट काउण्टीका पुलिस कमाण्डर पीटर मुलिंगेले यस खबरको पुष्टि गरेका छन्।
पुलिसले बताएअनुसार, केल्विन एल्डोरेट तर्फ गइरहेका थिए। त्यही समय कार अनियन्त्रित भएर पल्टिएर खाड़लमा झऱ्यो। कारमा सवार एकजना महिलालाई गम्भीर चोट लागेको छ अनि उनलाई अस्पात पुऱ्याइएको छ। गत वर्ष अक्टोबरमा केल्विनले शिकागोमा भएको म्याराथन दौड़ २:००:३६-को विश्व रेकर्ड समयमा जितेर सबैलाई चकित पारेका थिए। उनले केन्याकै अन्य एक स्टार एथलीट एलियुड किपचोगेको विश्व रेकर्ड ३४ सेकेण्डको अन्तरले तोड़ेका थिए। केल्विन त्यस समय केवल २३ सालका थिए अनि आफ्नो केवल तेस्रो म्याराथनमा प्रतिस्पर्धा गरिरहेका थिए।
केल्विनले आफ्नो पहिलो दुईवटा प्रयासमा पनि जीत हासिल गरेका थिए। साल २०२२-मा उनले भेलेन्सिया र लगत्तै पछि लण्डन (२०२३)-मा जीतको क्रम जारी राखेका थिए। केन्याका यस एथलीटले आउँदो १४ अप्रेलमा हुने रोटरडम म्याराथन दौड़ २ घण्टाभन्दा कम्ती समयमा पूरा गर्ने अनि यस्तो गर्ने पहिलो व्यक्ति बन्ने घोषणा पनि गरेका थिए। उनलाई यस साल हुने पेरिस ओलम्पिकको निम्ति पनि स्वर्ण पदक जित्ने प्रबल दावेदार मानिएको थियो। विश्व एथलेटिक्सले केल्विनलाई हालको समयका सबैभन्दा प्रभावशाली एथलीटको रूपमा श्रद्धाञ्जलि दिएको छ। विश्व एथलेटिक्सका अध्यक्ष सेबेस्टियनले एउटा बयानमा भनेका छन्, हामी केल्विन र उनका प्रशिक्षक गेरवाइस हकीजिमानाको निधनबारे सुनेर स्तब्ध र गहिरो दुःखमा छौं। विश्व एथलेटिक्सको तर्फबाट हामी उनका परिवार, टीमका साथईहरू र केन्याई राष्ट्र प्रति आफ्नो गहिरो सम्वेदना पठाउँछौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *