जनजाति नदिइएकोमा भाजपा विरूध्द भागोप्रमोद्वारा कालेबुङमा धरणा प्रदर्शन

IMG-20240212-WA0169.jpg

कालेबुङ: गोर्खाहरूका लागि भाजपाले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको ११ जातगोष्ठिलाई जनजातिको मान्यता प्रदान नगरेको बताउँदै भाजपाको नीतिको विरोधमा भागोप्रमोले आज १२ फरवरी, सोमबारदेखि दार्जीलिङ, खरसाङ, कालेबुङमा व्यापक विरोध प्रदर्शन शुरु गरेको छ। कालेबुङको जिल्लापाल कार्यालयअघि भागोप्रमोले भाजपाको विरोधमा धरना प्रदर्शन गर्दै नाराबाजी गऱ्यो। गोर्खाका ११ जातगोष्ठिलाई जनजातिको मान्यता प्रदान गर्नेपर्ने मागमा भागोप्रमोको एउटा प्रतिनिधि टोलीले जिल्लापालमार्फत् प्रधानमन्त्रीलाई पत्राचार पनि गरेको छ।

भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष विनय घिसिङले पार्टीका नेताहरू कमल सुब्बा, बिकास राई, हेमन्त राई, कुमार शर्मा, पवल सिमिक, महासचिव बारूद थापा, प्रवक्ता भुवन पी खनाल, समिति सभापति ममता गुरुङ, पुष्पा सुब्बा आदि प्रतिनिधिहरूको उपस्थितिमा स्मरण पत्र कालेबुङ जिल्लापाललाई सुम्पिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement