खरसाङ: पंखाबारी युथ स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा ड्राइवर्स सेवेन दुधियाले अघिल्लो राउण्डमा स्थान बनायो। पंखाबारी स्कूल खेल मैदानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको म्याचमा ड्राइवर्स सेवेन दुधियाले जेबा सेवेनलाई ४-१-ले पराजित गऱ्यो। म्याच हारे पनि जेबा सेवेनका जिन्लोपलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।