ब्रदर्स युनाइटेड फूटबल एकाडमी च्याम्पियन

IMG-20240212-WA0138.jpg

मिरिक: मिरिकको ओकाइटी टी स्टेटमा रंगधू प्रतिभा संघद्वारा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको ब्रदर्स युनाइटेड फूटबल एकाडमी च्याम्पियन भयो। शनिवार खेलिएको फाइनलमा बिदुर छेत्रीको प्रशिक्षणमा रहने ब्रदर्स युनाइटेड फूटबल एकाडमीले रामु युथ बोइज मिरिक (गोदामधुरा)-लाई ७-४-ले पराजित गऱ्यो। च्याम्पियन टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी रनर अप् टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। च्याम्पियन टीमका कप्तान शुभम तामाङले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *