भारत विरुद्ध अन्तिम तीनवटा टेस्टबाट बाहिर भए ज्याक लीच

IMG-20240212-WA0125.jpg

लण्डन: ईंग्ल्याण्डका देब्रे हातका स्पिनर ज्याक लीच घुँड़ाको चोटले गर्दा भारत विरुद्ध जारी टेस्ट सीरीजको अन्तिम तीनवटा म्याचबाट बाहिर भएका छन्। ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले यस्तो घोषणा गऱ्यो। लीचको स्थानमा अहिलेसम्म अन्य कुनै खेलाड़ीलाई टीममा सामेल गरिएको छैन। यसले टम हार्टले, रेहान अहमद र शोएब बशीरले स्पिन आक्रमणको जिम्मेवारी लिन जारी राख्ने स्पष्ट भएको छ। टीममा जो रुटको रूपमा चौथो स्पिन विकल्प पनि रहेका छन्। लीचलाई हैदराबादमा खेलिएको पहिलो टेस्ट म्याचको अवधि देब्रे घुट्टाको घुँड़ामा चोट लागेको थियो। यसैकारण उनी विशाखापट्टनममा भएको दोस्रो टेस्टमा खेलेका थिएनन्। ईसीबी-ले दिएको जानकारी अनुसार, लीच आउँदो २४ घण्टामा अबुधाबीबाट ईंग्ल्याण्ड फर्किनेछन्। ईंग्ल्याण्डको टीम अहिले १५ फरवरीदेखि राजकोटमा शुरु हुने तेस्रो टेस्ट अघि अबुधाबीमा रहेको छ। ईसीबी-द्वारा जारी बयानमा भनिए अनुसार, लीचले रिह्याबिलिटेशन प्रक्रियाको निम्ति ईंग्ल्याण्ड र समरसेटका मेडिकल टीमसँग मिलेर काम गर्नेछन्। बत्तीस वर्षीय लीचको नाममा ३६ वटा टेस्ट म्याचमा १२६ विकेट रहेको छ अनि उनी तल्लो क्रमका उपयोगी ब्याटर पनि हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *