सोरेङमा शेर्पा समुदायको ग्याल्पो ल्होसार पालन

IMG-20240211-WA0234.jpg

सोरेङ: सोरेङमा शेर्पा समुदायको साँस्कृतिक पर्व जिल्ला स्तरीय ग्याल्पो ल्होसार आइतबार सोरेङ स्कुलमा विविध कार्यक्रमको साथमा पालन गरियो। जिल्ला स्तरीय ग्याल्पो ल्होछार समारोह समितिको तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। वहाँको साथमा उर्जा तथा यातायात विभागका मन्त्री एमएन शेर्पा, सोरेङ- च्याखुङ समष्टिका विद्यायक आदित्य गोले, आयोजक समितिका अध्यक्ष डा. छिरिङ शेर्पा साथै अन्य सदस्यगण, शेर्पा समुदायका बुद्धिजीवीगण, नागरिक समाजको प्रतिनिधिगण लगायत आम नागरिकको उपस्तिथि रहेको थियो।

विभिन्न सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न कार्यक्रममा शेर्पा समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस साँस्कृतिक पर्वलाई पौराणिक डाँचामा प्रस्तुत गरेर नयाँ पिडिलाई समुदायको संस्कृति पहिचान र इतिहासलाई जिउँदो राख्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरेको बताएका छन्। शेर्पा जातिको रहनसहन, रितिरिवाज, आफ्नो खानपान, संस्कृति र इतिहासलाई जिउँदो राख्ने उदेश्य कार्यक्रमको आयोजना गरेको बताइएको छ। आजको यस महत्त्वपूर्ण कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्याक्तित्वहरुलाई अभिनन्दन जनाएको थियो। कार्यक्रमका मुख्य अतिथि मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङले आफ्नो सम्बोधनमा शान्ति सृङ्खला कायम रहेको सिक्किम राज्यमा विभिन्न जातीय समुदायले आफ्नो जातीय साँस्कृतिक र धार्मिक कार्यक्रमलाई आपसमा मैत्रीपुर्ण ढंगमा मनाउने माहोल वर्तमान एसकेएम सरकारले तयार परेको बताइन्। सामाजिक सद्भावना कायम राख्ने यस्ता विविध साँस्कृतिक पर्वलाई हामीले संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बिषयमा उनले जोड दिइन्।

यसरी नै मन्त्री एमएन शेर्पाले सम्बोधन गर्ने क्रममा सिक्किमेली शेर्पा जातिको उत्थान र बिकास गर्न सरकार कटिबद्ध रहेको उनले बताए। मन्त्री शेर्पाले उनले अघि भने, सिक्किममा हामी बहुजातीय बहुभाषिक नागरिकहरु सामाजिक मैत्री भावले बसोबास गर्दै आएको छ। यसलाई हामीले भने कायम राख्नुपर्छ। आजको यस कार्यक्रममा शेर्पा जातिको पौराणिक ढाँचाका नृत्य, गायन पुजाअर्चना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement