गान्तोक: फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडको तत्वावधानमा आयोजना भइरहेको सिक्किम प्रिमियर लिग दोस्रो सिजनको लिग चरणका म्याचहरु गान्तोकको पाल्जर स्टेडियम अनि नाम्चीस्थित भाइचुङ स्टेडियममा सम्पन्न भइरहेको छ। आज पाल्जर स्टेडियममा सिनाल्चु एफसी बनाम रोर्रिङ्ग लियोपार्ड एफसीकोबीचमा खेल सम्पन्न भयो, जसमा रोरिङ एफसीले एकको विरूद्ध तीन गोल गरेर अघिलो चरणमा प्रवेश गरेको छ। खेलको पहिलो हाफमा नै रोर्रिङ्ग लियोपार्डका खेलाडीहरुले दुई गोल गरेर आफ्नो दलको स्कोरमा बढत दिलाएका थिए। दोस्रो हाफको खेलको केही मिनटभित्र नै पुन: रोर्रिङ्ग लियोपार्ड एफसीका खेलाडीले अझ एक गोल गर्न सफल भएका थिए। यसरी १ गोलको विरुद ३ गोलले रोर्रिङ्ग लियोपार्ड एफसी विजय बन्न सफल बन्यो। आजको खेलमा यातायात तथा परिवहन विभागका अध्यक्ष प्रेमराज गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। आज सम्पन्न भएको खेलमा सिनाल्चु नाम्चीका खेलाडी प्रणिल गुरुङलाई सिक्किम सुपरिम इमर्जिङ खेलाडीको पुरस्कार प्रदान गरियो साथै रोर्रिङ्ग लियोपार्डका खेलाडी माइकल प्रधानलाई म्यान अफ द म्याचको रुपमा घोषित गरियो। यी दुवै खेलाडीलाई प्रमुख अतिथिको तर्फबाट पारितोषिक प्रदान गरियो।