ताइक्वाण्डोमा सिक्किमलाई १७ वटा स्वर्ण पदक

IMG-20240211-WA0230.jpg

गान्तोक: गत ६-९ फरवरीसम्म राजस्थानको जयपुरमा आयोजित दोस्रो सब जुनियर, क्याडेट अनि जुनियर इण्डिया ताइक्वाण्डो नेश्नल च्याम्पियनशीप प्रतियोगितामा सिक्किमले १७ वटा स्वर्ण पदक, ४ वटा रजत र ४ वटा काँस्य पदक हत्याएका छन्। उक्त प्रतियोगितामा सिक्किम राज्यबाट ३० जना सदस्यहरूले सहभागिता जनाएका थिए। जयपुरको एसएमएस इन्डोर स्टेडियममा सम्पन्न भएको सो प्रतियोगितालाई प्रतिनिधित्व गर्दै कोच सञ्जय सुब्बा, सरोज गुरूङ, देवीमाया शर्मा, सञ्जय थापा र प्रयास छेत्रीले लगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement