गान्तोक: केन्द्रिय अल्पसंख्यक मामिला राज्यमन्त्री जोन बारलाले आइतवार सॉंझ मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे। केन्द्रिय राज्यमन्त्री तीन दिवसीय भ्रमणमा आज सिक्किम आइपुगेका हुन्। उक्त जानकारी आईपीआर विभागले आज दिएको छ।
मुख्यमन्त्रीले भनेका छन्, ‘हामीले जनताको हितलाई अभिवृद्धि गर्ने पहलका बारेमा फलदायी छलफल गऱ्यौं तथा विभिन्न कल्याणकारी योजना र जनमुखी कार्यक्रमहरूको बारेमा चर्चा गर्नुका साथै सिङ्ताममा ५०० बेडको अस्पताल र पाकिममा ३०० बेडको अस्पताल निर्माणका विषयमा छलफल गऱ्यौं।’
मुख्यमन्त्रीले केन्द्रिय राज्यमन्त्रीलाई राज्य भ्रमणको निम्ति कृतज्ञता व्यक्त गर्दै उहॉंलाई सिक्किममा सुखद बसाइको कामना गरे।