सिक्किम राज्य ब्याङ्कको वार्षिक समारोह राजधानीमा पालन

IMG-20240211-WA0229.jpg

सरकारले वेतन कसरी दिन्छ भनेर विपक्षी दल सुर्ताउनु पर्दैन्ः मुख्यमन्त्री तामाङ

गान्तोक: सिक्किम राज्य व्याङकले आज आफ्नो वार्षिक समारोह राजधानीस्थित मनन केन्द्रमा भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनको साथमा उनकी धर्मपत्नी कृष्ण राई लगायत एसबीएसका सबै पदाधिकारीगणको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले वर्तमान सरकार इम्पलोयज फ्रेण्डली सरकार रहेको र सबै भन्दा बेसी कर्मचारीहरूलाई माया गरेको बताए। एसकेएम पार्टीको सरकार आएपछि राज्यका सबै कर्मचारीहरूको हितमा काम गरेको र उनीहरूलाई समयमा नै पदोन्नति गरेर खुशी दिएको अवगत गराए। वर्ष १९६८ मा सिक्किम राज्य व्याङ्कको स्थापना भएको र स्थापनाकालदेखि यस व्याङ्कले राज्यको हितमा काम गरेको जानकारी गराए। राज्यमा आइपरेको आपद विपदको समयमा यस व्याङले धेरै सहयोग पुऱ्याएकोमा उनले खुशी प्रकट गरेका छन्। एसकेएम पार्टी सरकारमा आएपछि यस व्याङ्कलाई हाम्रो व्याङ्क सम्झेर विश्वास गरेपछि यस व्याङले हाल धेरै प्रगति गरेकोमा उनले गर्व महसुस गरेका छन्। यस व्याङकमा प्रबन्धन निर्देशकको पदमा फूर्वा वाङदीलाई नियुक्त गर्दा धेरै जनाले विरोध गरेको पनि जानकारी गराए। पूर्व सरकारको कार्यकालमा भने प्रबन्धन निर्देशक सरकारको कुनै ठूलो पदमा भएका व्यक्तिलाई नियुक्ति गरिने चलन रहेको थियो। तर एसकेएम पार्टी सरकारमा आउनसाथ त्यो चलनलाई हटाएर योग्य र दक्ष व्यक्तिलाई एमडीको पदमा नियुक्ति गरिएको अवगत गराए। आफूले एक योग्य व्यक्तिलाई एमडीको पदमा नियुक्ति गर्ने जुन निर्णय लिएको थियो त्यो आज ठीक रहेछ भन्ने आफूलाई नै महसुस भएको मुख्यमन्त्रीले जानकारी गराए। एसकेएम सरकारले साढे चार वर्षको अवधिमा धेरै चुनौतीको सामना गर्नुपरेको तर पनि ती चुनौतीहरूलाई पार गर्दै सफलतापूर्वक सरकार सञ्चालन गर्नमा सक्षम भएको बताए। एसकेएम पार्टीको सरकारको कार्यकालमा सी र डी ग्रेडका आठ हजार कर्मचारीहरूलाई पद्दोन्ति गरिएको जनाए। अहिले पदोन्नतिको निम्ति फाइल घुमाउनु पर्ने व्यवस्था बन्द भएको र समय आएपछि सबैको पद्दोन्ति स्वतः हुने गरेको जानकारी गराए। उनले प्रसङ्ग फेर्दै राज्यमा जन्मदरको घटदो विषयलाई लिएर चिन्ता व्यक्त गरे। राज्य सरकारले राज्यमा देखिएको घटदो जन्मदरलाई ध्यानमा राख्दै मातृत्व विधा छ महिनादेखि एक वर्ष बनाएको बताए। यसरी पुरूषवर्गले पहिला पन्ध्र मात्र छुट्टी पाउने गर्दथे तर अहिले सरकारले एक महिना बनाएको अवगत गराए। राज्य सरकारले गत ९ फरवरीको दिन जारी गरिएको एक नोटिफिकेसन अनुसार राज्यमा विभिन्न क्षेत्रमा काम गर्ने अस्थायी कर्मचारी स्थायीकरण हुनेछन्। यसमा राज्य व्याङकमा काम गर्दै आएका अस्थायी कर्मचारीहरू पनि समावेश गरिएको मुख्यमन्त्रीले बताए। अस्थायी कर्मचारीहरूलाई स्थायीकरण बनाउने प्रक्रियामा राज्यमा विभिन्न विपक्षी दलले विभिन्न प्रकारको आरोप लगाएको जानकारी गराउँदै सरकारले स्थायीकरण गरिएका कर्मचारीहरूलाई वेतन कहाँबाट दिन्छ भन्नेबारेमा विपक्षी दलले चिन्ता नगर्नुपर्ने सुझाउ दिए। आगामी दिनमा पनि एसकेएम पार्टीको नै सरकार गठन हुने भएकोले गर्दा सरकारले कहाँबाट र कसरी पैसा ल्याउँछ भन्नेबारेमा विपक्षी पार्टीले सुर्ता गर्न नपर्ने बताए। वर्तमान सरकारले गरीबले नसोचेको काम गरेर उनीहरूलाई विभिन्नरूपमा मजबुत बनाउने प्रयास गरिरहेको मुख्यमन्त्रीले अवगत गराए। विशेष गरेर आगामी २०२६ मा छैटों वेतन आयोग शुरू हुने र त्यसमा तेस्रो र चौथो श्रेणीका कर्मचारीहरूको वेतन वृद्धि अधिक गरिदिने उनले आश्वासन दिएका छन्। आजको यस कार्यक्रममा राज्य व्याङ्कका अध्यक्ष डीबी गुरूङ, प्रवन्धन निर्देशक फूर्वा वाङदी भोटियाले पनि सम्बोधन गरेका थिए।

आजको यस कार्यक्रममा आमा योजन अन्तर्गत सरकारद्वारा प्रदान गरिएको सहयोग राशिलाई व्याङकमा जम्मा गरेर वृद्धि गराउने तीनजना आमालाई तीन लाख, दुई लाख र एक लाख गरेर प्रदान गरियो। यसरी नै तीन जना प्रभावित कर्मचारीलाई एक लाख, पचास हजार र बीस हजार गरेर प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *