एसकेएम पार्टीको स्यारी वार्डमा समन्वय सभा सम्पन्न

IMG-20240211-WA0228.jpg

एसकेएम सरकारले दिएको वचन अवश्य पूरा गर्नेछः विधायक उप्रेती

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक समन्वय सभा आज आरिथाङ निर्वाचन क्षेत्र अन्तर्गत स्यारी वार्डमा सम्पन्न भयो। उक्त सभामा सिक्किम विधानसभाका अध्यक्ष एवम पार्टीका सेक्रेटेरी जनरल अरूण उप्रेती मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि उप्रेतीले आरिथाङ निर्वाचन क्षेत्रका जनतालाई दिएको सबै बचन पुरा गरेको दावी गरे। यद्यापि कोही पनि छुटेको खण्डमा उनीहरूको काम पनि शिघ्र गरिदिने बचन दिए। एसकेएम पार्टी सरकारमा आएपछि यस निर्वाचन क्षेत्रमा धेरै विकास भएको उनले दावी गर्दै आगामी दिनमा यदि एसकेएम पार्टीको सरकार गठन भएको खण्डमा यस निर्वाचन क्षेत्रमा अझ धेरै विकास हुने उनले आश्वासन दिए।आरिथाङ जनताको हितमा सबै प्रकारको काम गर्ने उनले ग्यारेन्टी पनि दिएका छन्। भोलि सिक्किम विधानसभाको सत्र समाप्ति पछि यस निर्वाचन क्षेत्रमा हाउस अपग्रेडेसन, आमा योजना र विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै इन्भर्टर वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराए। पूर्व सरकारले स्यारी निर्वाचन क्षेत्रलाई अवहेलना गरेको उनले आरोप लगाए। स्यारी साथै आरिथाङ निर्वाचन क्षेत्रलाई एसकेएम सरकारले दिएको बचन पुरा गर्ने पनि उनले विश्वास दिलाए। विशेष गरेर आगामी दिनमा वितरण गरिने सहुलियतको सूची बनाउँदा आवश्यक व्यक्तिलाई प्राथमिकता दिनु पर्ने पार्टीका कार्यकर्ताहरूलाई निर्देश दिए। अब यहाँका पार्टी कार्यकर्ता साथै जनताले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने उनले आग्रह गरे। सामाजिक सञ्जालमा पार्टीका नेताहरूविरूद्ध विभिन्न प्रकारको लेखेर आरोप लगाउनेहरूको उनले कडारूपमा खण्डन पनि गरेका छन्। आफूले सदैव जनताको काम गर्न मन पराउने भएकोले यस निर्वाचन क्षेत्रमा पार्टीको सभाहरू कम मात्रमा आयोजना भएकोमा उनले जानकारी गराए। विधायक उप्रेतीले पार्टीका कार्यकर्ताहरूलाई पार्टीको नीति र सिद्धान्त बमोजिम काम गर्नुपर्ने पनि सुझाउ दिए।

यस अवसरमा चालक कल्याण बोर्डका कोषाध्यक्ष छुङछुङ भोटियाले सम्बोधन गर्दै एसकेएम पार्टीको सरकार गठन भएपछि यता चालकहरूको हितमा पनि धेरै काम भएको अवगत गराए। विशेष गरेर राज्यका ५ सय चालकहरूको निम्ति घर बनाउने योजना रहेको र चालकहरूको निम्ति सरकारले दस लाख रूपियाँसम्मको विमा गरिदिने बचन दिएको अवगत गराए। पूर्व सरकारको कार्यकालमा चालकवर्गलाई कुनै मान्यता नदिएको तर एसकेएम पार्टीको सरकार आउनसाथ चालकहरूलाई सम्मान दिँदै उनीहरूको हितमा विभिन्न कल्याणकारी योजना शुरू गरेको जानकारी गराए। हाल यस निर्वाचन क्षेत्रका सबै युवाहरूले केही न केही पाएको र कोही पनि खाली बस्नु नपरेको उनले किटान गरे। यस निर्वाचन क्षेत्रका युवाहरूले सानो तिनो भए पनि ठेकाको काम पाएकोमा उनले खुशी प्रकट गर्दै आगामी दिनमा पनि एसकेएम पार्टीको सरकार ल्याउनको निम्ति सबैले आ-आफ्नो तर्फबाट जोड दिनुपर्ने अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *