आईसीसी अण्डर-१९ वर्ल्ड कप

IMG-20240211-WA0219.jpg

भारतलाई पराजित गरी अष्ट्रेलिया च्याम्पियन

बेनोनी: चरम ब्याटिंग व्यर्थताले गर्दा भारतले आईसीसी अण्डर-१९ क्रिकेट वर्ल्ड कपमा फेरि उपविजेताको रूपमा अभियान समाप्त गर्नु पन्यो। भारतलाई आइतवार खेलिएको फाइनलमा अष्ट्रेलियाले सजिलैसँग ७९ रनले पराजित गयो । यसको साथै अष्ट्रेलियाले आयु वर्गको यस प्रतिष्ठित टुर्नामेण्टमा चौथोपल्ट खिताब जित्यो। गत वर्ष भारतमा भएको आईसीसी वनडे वर्ल्ड कप (सीनियर) – को फाइनलमा पनि भारतले अष्ट्रेलिया विरुद्ध हारको सामना गर्नु परेको थियो अनि आज पनि त्यही म्याचको झलक देखियो। विलोमूर पार्कमा टस जितेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनायो। हारजास सिंहले सर्वाधिक ५५ रन बनाए। उनले ६४ बल खेलेर ३ वटा चौका र ३ वटा नै छक्का लगाए। यसबाहेक कप्तान ह्यू विबगेनले ४८, ओलिवर पिकले अविजित ४६ र हेरी डिक्सनले ४२ रनको योगदान दिए। भारतीय बलरहरूमा राज लिम्बानीले १० ओभरमा ३८ रन खर्च गरी सर्वाधिक ३ विकेट लिए। यसरी नमन तिवारीले २ विकेट हासिल गरे । सौमी पाण्डे र मुशीर खानले १-१ विकेट बाँड़े।
त्यसपछि २५४ रनको चुनौतीपूर्ण लक्ष्यलाई पछ्याउँदै भारतीय टीम ४३.५ ओभरमा १७४ रन बनाएर समेटियो । सेमिफाइनलमा शीर्ष क्रमको फ्लप शो पछि पनि म्याच जित्न सफल भए पनि भारतले आज त्यस प्रदर्शनलाई दोहोऱ्याउन सकेन । केवल ९० रनमा शीर्ष ५ विकेटको पतनपछि भारतले म्याचलाई नियन्त्रणमा राख्न सकेन । अष्ट्रेलियाई बलरहरूले लगातार विकेट हासिल गरी विपक्षी ब्याटरहरूलाई दबाउबाट मुक्त हुने मौका दिएनन् । ओपनर आदर्श सिंहले सर्वाधिक ४७ र आठौं नम्बरमा ओर्लिएर मुरुगन अभिषेकले ४२ रन बनाए। यसबाहेक मुशीर खानले २२ रन बनाए । अष्ट्रेलियाका बलरहरूमा माहली बियर्डम्यान र राफ म्याकमिलनले ३-३ विकेट लिए। यसबाहेक कलम भिल्डरले पनि २ विकेट झोलीमा हाले । भारतले यसअघि टुर्नामेण्टमा २०००, २००८, २०१२, २०१८ र २०२२-मा खिताब जितेको थियो ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *