अप्पर कुमाई हाई स्कूलमा नि:शुल्क कौशल प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20240211-WA0199

सिलगढी: ट्रेडक्राफ्ट र प्रसारी नामक दुई संस्थाद्वारा विभिन्न नि:शुल्क कौशल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियोl यो कार्यक्रम १० फरवरीको दिन अप्पर कुमाई हाई स्कूल मैदानमा सम्पन्न भएको थियो। कार्यक्रम समापन पछि नियुक्ति पनि प्रदान गराउने भएको छl  उक्त दुई संस्थाद्वारा हाउस इलेक्ट्रिफिकेसन, ब्युटिसियन र जेनरल ड्युटी एसिस्टेन्ट आदिको प्रशिक्षण गराइन्छ। स्थानीय बेरोजगार युवा वर्गलाई रोजगारमूलक प्रशिक्षण दिएर बेरोजगारीबाट मुक्त बनाउन शिविर आयोजनाको मुख्य उदेश्य रहेको पंचायत प्रधानले आफ्नो सम्भाषण बताए। कार्यक्रममा सुर्यमणी राई, अध्यक्ष, गोरुबथान खण्ड समिति, मनोज लामा, पंचायत प्रधान, कुमाई, सोनाम लेप्चा, वन एंव भूमि संस्कार स्थायी समिति, शिशिर प्रधान, स्वस्थ्य समिति, सरोज राई, कृषि, श्रीमती सोनाम शेर्पा, पंचायत सदस्य, श्रीमती प्रकृति सुब्बा, पंचायत सदस्य, श्रीमती कविता राई, पंचायत सदस्य, लिला कुमार गुरुङ, दिलिप लामा, शरण शर्मा, श्रीमती जुनी राई अनि सेल्फ हेल्प ग्रुपका सदस्यहरू  लगायत स्थानीय युवा-युवतीहरू बाक्लो उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *