लिभरपूल शीर्षमा कायम, सिटी पनि विजयी

IMG-20240211-WA0206.jpg

लण्डन: युवा फरवर्ड एर्लिङ्ग हालाण्डको चमत्कारी प्रदर्शनको दममा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीले आफ्नो जीतको क्रम जारी राख्यो जबकि लयमा रहने लिभरपूलले पनि आफ्नो म्याच जित्यो। लिभरपूलले शनिवार राति खेलिएको म्याचमा बर्नलेलाई ३-१-ले पराजित गर्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट डिओगो जोटाले ३१औं, लुईस डिआजले ५२औं र डार्विन नुनेजले ७९औं मिनटमा गोल गरे। यसरी बर्नलेबाट डारा ओशिआले ४५औं मिनटमा गोल गरे। यस जीतको साथै लिभरपूल २४ वटा म्याचमा ५४ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी म्यानचेष्टर सिटीले एभर्टन विरुद्ध २-० ले जीत हासिल गर्यो। आफ्नो होम ग्राउण्डमा ७३ प्रतिशत पोजेशनको साथ खेले पनि सिटीले गोल हासिल गर्न निक्कै लामो प्रतीक्षा गर्नु पर्यो। नर्वेका फरवर्ड हालाण्डले ७१औं मिनटमा गोलको खाता खोले। त्यसपछि उनले नै १४ मिनटपछि व्यक्तिगत दोस्रो गोलको साथ सिटीको जीत सुनिश्चित गरे। यस जीतको साथ सिटी २३ वटा म्याचमा ५२ पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी एभर्टन १९ पोइण्ट्स लिएर १८औं स्थानमा रहेको छ।
यसबीच टोटनह्याम हट्स्परले चाहिँ ब्राइटन विरुद्ध २-१-ले जीतको निम्ति कठोर मेहनत गर्नु पर्यो। म्याचमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामले शुरुमै गोल खाएपछि असाधारण पुनरागमन गर्दै रोमाञ्चक जीत हासिल गर्यो। म्याचमा पास्कल ग्रोबले पेनल्टीबाट गोल गरी ब्राइटनलाई १७औं मिनटमै बढ़त दिलाए। त्यसपछि घरेलु टोलीले बराबरी हासिल गर्न दोस्रो हाफसम्म प्रतीक्षा गर्नु पर्यो। मध्यान्तरपछि पापे माटार सारले ६१औं मिनटमा टोटनह्यामलाई १-१ को बराबरीमा पुऱ्याए। त्यसपछि ब्रेन्नान जनसनले अन्तिम समय (इञ्ज्युरी टाइमको छैटौं मिनट) मा गोल गरी घरेलु टोलीलाई जीत दिलाए। टोटनह्याम अहिले २४ वटा म्याचमा ४७ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *