भाजपाको विरोधमा हाम्रो पार्टीद्वारा मिरिकमा पोष्टरिङ

IMG-20240211-WA0216.jpg

सपनामा होइन विपनामा जागेर हामीले हाम्रो भाग्य खोज्नुपर्छ: लाडुप घिसिङ

दार्जीलिङ: सपनामा होइन विपनामा जागेर हामीले हाम्रो भाग्य खोज्नुपर्छ भनी हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले बताएका छन्।भारतीय जनता पार्टी अनि केन्द्रको भाजपा सरकारको विरोधमा हाम्रो पार्टीको मिरिक एकाईले मिरिकको विभिन्न क्षेत्रहरूमा ब्यापक मात्रामा पोस्टरिङ गरेको छ। यसै सन्दर्भमा हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले भारतीय जनता पार्टीले पहाड तराई डुवर्स एंव देशको विभिन्न क्षेत्रहरूमा बसोबासो गर्दै आईरहेका गोर्खाहरूलाई झुक्काउने काम गरेको छ। प्रत्येक चुनावहरूमा भारतीय जनता पार्टीले हामी गोर्खाहरूको दीर्घकालीन समस्याहरूलाई स्थायी राजनैतिक समाधान गरी दिने साथै गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समावेश र चिया श्रमिकहरूलाई मिनिमम वेजेस दिने लिखित वाचाहरू गर्दै आएका थिए। तर आज १५ वर्ष बितिसक्दा पनि केन्द्रको भाजपा सरकारले गोर्खाहरूसंग गरेको वाचाहरू कुनै पूरा गरेनन्।’
तिनले भने, भारतीय जनता पार्टीले हामी गोर्खाहरूलाई १५ वर्ष झुक्काउँदै आएको छ तर अब हामी झुक्किनु हुँदैन। समस्त पहाडवासी एंव गोर्खाहरूलाई आह्वान् गर्दै दार्जीलिङको सांसद राजु विष्टले पनि अब जवाफ दिने समय आएको छ। दार्जीलिङको चौरास्तामा महाकाल मन्दिरतिर फर्केर महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड ल्याएर आउने घोषणा गरेको थियो। संसद विष्टको पाँच वर्षको कार्यकाल पूरा हुन अब केही दिन मात्र बाँकी छ। त्यसकारण अब उनले यसबारे पहाडवासी एंव समस्त गोर्खाहरूलाई जवाफ दिनु पर्छ भन्ने प्रवक्ता घिसिङले बताए।त्यसरी नै भारतको वर्तमान प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले पनि सिलगढीको एक जनसभामा गोर्खाको सपना मेरो सपना भनेका थिए तर प्रधानमन्त्री मोदीको सपना केवल सपनामा नै सिमित रहयो। विपना बन्न सकेको छैन। अब लोकसभा चुनावको घोषणा हुन लागेको छ। अब हामी झुक्किनु हुँदैन प्रवक्ता घिसिङले भने। तिनले पहाडको भाजपा गठबन्धन दलको नेतृत्वहरूमाथि प्रश्न तेर्साउँदै तपाईहरूले २०२३ को दिसम्बर महिना अघि नै गोर्खाहरूले न्याय पाउने घोषणा गर्नु भएको थियो तर खै? प्रवक्ता घिसिङले भने। अन्तरिम बजेट सेशनमा काश्मीरको जन जातिहरूले न्याय पाए तर गोर्खा समुदायको ११ जात गोष्ठीको नाम समेत उच्चारण भएन। अब हुने चुनाव अघि भारतीय जनता पार्टीले यस्तै झूठो आश्वसनहरू लिएर आउने प्रबल सम्भावनाहरू रहेको छ। त्यसकारण अब पहाड तराई डुवर्सको जनता जाग्नुपर्छ।अब हुने लोकसभा चुनाव विकाशको लागि होइन, पहाड तराई डुवर्सले आजसम्म न्याय पाएको छैन,अरूको लागि संसदीय कोष हुन सकला तर हामी गोर्खाहरूको लागि छुटटै राज्य गोर्खाल्याण्डको मुद्दाले पार पाउँनुपर्छ। आजसम्म न्याय नपाएका गोर्खाहरूले न्याय पाउनु पर्छ। यी सबै विषयहरूलाई कार्यरूपमा परिणत गर्न हामी सपनामा होइन विपनामा बाँच्न पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement