प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्ट ५ अगस्तदेखि

३० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा प्रतिष्ठित हर्ली मेमोरियल कप फूटबल टुर्नामेण्ट २०२२ आउँदो ५ अगस्तदेखि शुरु हुनेछ। यस टुर्नामेण्टमा जम्मा १४ वटा टीमले ट्रफी जित्ने होड़मा हिस्सा लिनेछ। लेबोंग स्थित गोर्खा स्टेडियममा हुने यस टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा खेलिनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन हुनेछ। कोरोना महामारीले गर्दा गत दुई वर्ष टुर्नामेण्टको आयोजन गर्न नसकिएको आयोजक डीजीएचएसए-का महासचिव महेन्द्र सुब्बाले बताएका छन्।

त्यसअघि २०१९-मा १०७ इन्फाण्ट्री बटालियन (टीए) र २०१८-मा रोयल एफसी (सिलगढ़ी)-को टीम च्याम्पियन बनेको थियो। यस प्रतिष्ठित टुर्नामेण्टको पहिलो संस्करण १९१७-मा आयोजित भएको थियो। लगभग २६ इञ्च अग्लो विशुद्ध चाँदीले बनिएको हर्ली मेमोरियल कपको ओजन लगभग ३ किलो ४०० ग्राम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement